काठमाडौं- मेलम्ची खानेपानी आयोजना निर्माणको काम अलपत्र पारेर भाग्न खोजेको भन्दै प्रहरीले ठेक्काको जिम्मेवारीको पाएको इटालियन कम्पनीका ८ जना कर्मचारीको पासपोर्ट नियन्त्रणमा लिएको छ।
ठेक्का जिम्मा लिएको इटालियन कम्पनी सिएमसी नाजुक अवस्थामा पुगेकाले कम्पनीका कर्मचारी स्थलमार्ग प्रयोग गरेर भाग्न खाजेको देखिएपछि खानेपानी मन्त्रालयको अनुरोध र गृह मन्त्रालयको निर्देशनमा ८ कर्मचारीको पासपोर्ट नियन्त्रणमा लिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए।
उनीहरुको पासपोर्ट खानेपानी मन्त्रालयका सचिव समक्ष पेस गरिएको प्रहरीले जनाएको छ। अहिले उनीहरुसँग छलफल भइरहेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत दरबारमार्ग र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले प्रोजेक्ट म्यानेजर क्रिस्चियानो ग्रेचोसहित ८ जनाको पासपोर्ट नियन्त्रणमा लिएको हो।
ठमेलस्थित रोयल पेङ्गुइन होटलबाट उनीहरूको पासपोर्ट नियन्त्रणमा लिएको प्रहरी जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।