• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

४६ करोड ह्याकिङ प्रकरणको दस्तावेज : एनआइसी एसिया बैंक अत्यन्तै सुरक्षा जोखिममा

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २७, २०७५  १४:२४
1140x725

काठमाडौं– अघिल्लो वर्ष १ कात्तिक २०७४ मा भएको एनआइसी एसिया बैंक ह्याक प्रकरण बैंक कर्मचारी तथा व्यवस्थापन समूहको चरम लापरबाहीको उपज भएको तथ्य फेला परेको छ। ह्याकिङपछि स्वयं एनआइसी एसिया बैंक आफैंले तयार पार्न लगाएको रिपोर्टमा समेत बैंकको साइबर सुरक्षा अत्यन्तै कमजोर र लापरबाहीपूर्ण रहेको कुरा उल्लेख छ। 

ह्याक प्रकरणपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई बाइपास गरी राष्ट्र बैंकको मिलोमतोमा घटनाको जाँचबुझ गर्न र आफू अनुकूल प्रतिवेदन तयार पार्न बैंक व्यवस्थापनको नेतृत्वले भारतबाट केपीएमजी कम्पनीको टिम झिकाएको थियो।

केपीएमजीले राष्ट्र बैंकमार्फत ढिलो गरी सिआइबीलाई बुझाएको घटना विवरणमा बैंक कर्मचारी र व्यवस्थापनलाई चोख्याए पनि बैंकको साइबर सुरक्षा भने निम्छरो देखाएको छ।

‘त्यतिबेला अनुसन्धान हुँदा बैंक व्यवस्थापनका उच्च पदस्थ तथा कर्मचारीलाई अनुसन्धानको प्रहरी लेन्समा पारिएन, भारतबाट ल्याइएको निजी कम्पनीका व्यक्तिले बैंकका कर्मचारीसँग प्राविधिक विषयमा कुराकानी मात्र गरे,' बैंकका एक कर्मचारीले भने, ‘जनताको पैसा राख्ने बैंकमा कतिसम्म लापरबाही हुने रहेछ भन्ने तथ्य केपीएमजीको रिपोर्ट हेरे पुग्छ।’

सिआइबीले प्राप्त गरेको सोही विवरणका आधारमा विदेशी बैंकमा रहेका ८ देशका १३ खातावालालाई विपक्षी बनाई पाटन उच्च अदालतमा सरकारवादी मुद्दा दर्ता भइसकेको छ। अदालतबाट नेपाल लाइभलाई प्राप्त ६९ पृष्ठको अभियोगपत्रमा बैंकका उच्च कर्मचारीहरु मात्र होइन आइटी विभागमा कार्यरतहरुका भनाइमा समेत बैंक व्यवस्थापन साइबर सुरक्षाप्रति चुस्त र चनाखो नरहेको स्पष्ट हुन्छ। 

अभियोगपत्रको ११ र १२ पृष्ठमा संलग्न केपीएमजी प्रालि, भारतले तयार पारेको ह्याक सम्बन्धी फरेन्सिक रिपोर्ट अन्तर्गत ‘अट्याक टाइमलाइन’मा ह्याकअघि बैंकको साइबर संरचनामा देखिएका खराब संकेत र पटकपटक साइवर आक्रमणका शृंखला प्रस्तुत गरिएको छ। एउटा प्रयोगकर्ताको ‘कि लगर’ साटफेर गर्दै प्रयोग गर्ने मात्र होइन कम्प्युटरमा 'मालवेयर'देखि 'स्मोक स्क्रिन' आक्रमणसम्म भएको विवरण टाइमलाइनमा उल्लेख छ। 

‘टाइमलाइन’मा यतिसम्म उल्लेख छ कि, बैंक ह्याकिङ हुनु केही दिनअघि नै बैंकमा प्रयोग हुने सबै इमेलहरुमा आक्रमण भएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

केपीएमजीको रिपोर्टको यो अंश हामीले एक कम्प्युटर इन्जिनियर दीपक शर्मालाई देखाएका थियौं। टाइमलाइन हेरिसकेपछि उनले भने, ‘यो हेर्दा बैंक कर्मचारी र व्यवस्थापनलाई पब्लिकको पैसाको माया छ भन्ने पटक्कै देखिँदैन। बैंकमा यतिसम्मको लापरबाही हुने रहेछ भन्ने थाहा पाउँदा दुःख लाग्यो।’

शर्माका विचारमा विश्वासका आधारमा जनताको पैसा राख्ने ठाउँमा जुन प्रकारको लापरबाही देखियो, अनुसन्धान त्यहीँबाट सुरु हुनुपर्ने थियो, तर भएनछ।

बैंक ह्याक हुँदा मोहन रन्जित, प्रधुम्न नेपाली र प्रतिना प्रधानको युजर आइडी र पासवर्ड प्रयोग गरी ३१ वटा स्विफ्ट म्यासेजमार्फत बैंकको ४६ करोड ५६ लाख ५० हजार ५ सय ५ रुपैयाँ रकमान्तर भएको देखिन्छ। अभियोगपत्रमा समाविष्ट निजहरुका बयानमा समेत बैंकमा रहेको साइबर प्रणालीमा पटकपटक आक्रमण भएको र आफूहरुले सम्बन्धित पक्षलाई जानकारी दिने गरेको उल्लेख छ।

आइटी विभागमा कार्यरत त्यतिबेलाका अन्य कर्मचारीले पनि स्विफ्टबारे आफूहरुलाई पर्याप्त तालिम नभएको बताउनुले वित्तीय सुरक्षामा बैंक व्यवस्थापन कतिसम्म उदासीन रहेछ भन्ने स्पष्ट हुन्छ। अभियोगपत्रमा राखिएका विवरणहरु पढ्दा, बैंकको साइबर प्रणालीमा १ गते नै समस्या भइसकेपछि ढिलो गरी दोस्रो दिन मात्र साइबर सुरक्षामा ध्यान दिनुले पनि लापरबाही प्रकट गर्छ।

‘बैंक व्यवस्थापनले साइबर सुरक्षाबारे आइटी विभागलाई बेला-बेलामा तालिम दिने, साइबर सुरक्षाको मौजुदा अवस्थाबारे लेखाजोखा गरिरहने र सम्बन्धित विज्ञहरुबाट सूचना र प्रविधिको अडिट गराइरहनुपर्छ, त्यो पनि देखिएन,’ इन्जिनियर शर्मा भन्छन्, ‘बैंक व्यवस्थापनको लापरबाही भनेको यही हो।’ 

बैंक ह्याक हुने बेलाका एक्टिङ सिइओ तथा अहिलेका डेपुटी सिइओ सुधीरकुमार पाण्डेले आफ्नो बयान विवरणमा 'बैंकका कर्मचारीका लागि ‘फिक्स सेड्युलमा स्विफ्टको तालिम हुने गरेको छैन’ भनेका छन्। नेपालमा स्विफ्ट सर्भर सञ्चालनको तालिम दिने कुनै संस्थाहरु नै छैनन् भन्ने तर्क उनको छ। बयानमा भनिएको छ, ‘विदेशी संस्थाहरुले नेपालमा कहिलेकाहीँ मात्र तालिम सञ्चालन गर्छन्।’

अभियोगपत्रमा समाविष्ट तत्कालीन एक्टिङ सिइओ रोशनकुमार न्यौपानेको बयानमा ‘अपरेसनल विभागहरुको रिपोर्टिङ सहायक प्रमुख कार्यकारी अधिकृत सुधीर पाण्डेले लिने गरेको’ उल्लेख गर्दै स्विफ्ट पासवर्डको सुरक्षा तथा गोपनीयताको प्राथमिक जिम्मेवारी सम्बन्धित कर्मचारीकै हुन्छ’ भनिएको छ। 

हालै मात्रै बैंक बोर्डले सिइओमा पदोन्नति गरेका न्यौपानेले स्विकारेका छन्, ‘सामान्यतया कम्युटर खरिद गर्दा नै विन्डोज अपरेटिङ सिस्टमको लाइसेन्ससमेत लिने गरिन्छ। मेरो जानकारीमा भएसम्म कहिलेकाहीँ क्रयाक्ड विन्डोज अपरेटिङ सिस्टम पनि प्रयोग भएको हुन सक्छ।’

वित्तीय कारोबार गर्ने बैंक जस्तो संवेदनशील संस्थामा ‘क्रयाक्ड विन्डोज अपरेटिङ सिस्टम’ प्रयोग हुनु भनेको ‘आऊ मलाई साइबर आक्रमण गर’ भन्नु जस्तै रहेको तर्क जानकारहरुको छ।

‘यहाँ समावेश गरिएका जे जस्ता ल्याप्सिसहरु छन्, यी चानचुन प्रकृतिका होइनन्। सरासर बैंकले आफ्नो साइबर सुरक्षाप्रति लापरबाही गरेको देखिन्छ,’ साइबर कानुनका ज्ञाता अधिवक्ता बाबुराम अर्याल भन्छन्, ‘यो प्रकृतिको मुद्दा साइबर कानुनबाट पनि अघि बढ्नुपर्थ्यो। तर बैंकिङ कसुरमा मात्र अघि बढाइएको रहेछ।’

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी पनि बैंकहरुले क्रयाक्ड विन्डोज प्रयोग गर्नु नहुने बताउँछन्। 'बैंक जस्तो संवेदनशील संस्थामा पाइरेटेड अपरेटिङ सिस्टम घातक हुन्छ,' उनले भने, 'बैंकिङ सुरक्षा सम्बन्धी राष्ट्र  बैंकको आइटी गाइडलाइन छ। सबैले यो फलो गर्नुपर्छ। तर धेरै बैंकले यो फलो गरेको पाइँदैन।'  

एनआइसी एसिया बैंक ह्याकिङको अनुसन्धान जुन तौरतरिकाबाट हुनुपर्ने थियो त्यो हुन सकेको देखिएन। अदादतमा रहेको मुद्दाको अभियोगपत्रको निष्कर्षमा नै कर्मचारी तथा व्यवस्थापनको निष्ठामा प्रश्न गरिएको छ। भनिएको छ, 'यो घटनाले नेपालको समग्र बैंकिङ क्षेत्रको साइबर सेक्युरिटी र बैंकिङ कर्मचारीको निष्ठामा समेत प्रश्न खडा गरेको छ।’

त्यसो भए स्वाभाविक रुपमा प्रश्न उठ्छ, बैंकको व्यवस्थापन र कर्मचारीलाई अनुसन्धानको दायरामा किन ल्याइएन?

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १४:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे
सम्बन्धित सामग्री
पत्रकार श्रेष्ठको घर र कार्यालयमा खानतलासी उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा खानतलासी गरेको छ। बिहीबार, साउन २८, २०८३
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश मंगलबार विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा यस्तो आदेश गरेको हो । मंगलबार, साउन २६, २०८३
इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या कफी वा चियाको तुलनामा इनर्जी ड्रिंक्सको एउटै क्यान वा बोतलमा धेरै मात्रामा क्याफिन हुन सक्छ, जुन कहिलेकाहीँ धेरै कप कफी बराबर हुन्छ।... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्