काठमाडौं- राजस्व अनुसन्धान विभागले ४२ वटा फर्मविरूद्ध राजस्व चुहावटको अभियोगमा मुद्दा दायर गरेको छ।
विभागले ५ अर्ब ७७ करोड बिगो माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको हो। यसका साथै अारोपीहरुलाई हदै सम्मको सजाय समेत माग दाबी गरिएको छ।
बिगोका साथै ती फर्म तथा व्यक्तिबाट तीन अर्ब २७ करोड ५२ भन्दा बढी रकम धरौटी माग समेत गरिएको छ। उक्त धरौटीमध्ये २२ करोड ५७ लाख धरौटी रकम दाखिला समेत भएको राजश्व विभाग द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मितेरी इन्टरनेशनल, सुभान इन्टरनेशनल छिरिङ ङटुप लामा र लोप्साङ तेन्गे लामा, अरुण कुमार दास, रोशन कुमार महरा समेत, बहादुर लामालगायतका फर्म तथा व्यक्ति विरुद्ध राजश्व अनुसन्धान विभागले अदालतमा मुद्दा दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।