काठमाडौं। ३८ वर्षीय स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीको ह्याट्रिकमा पोल्यान्डले नेशन्स लिगमा शुक्रबार रोमानियामाथि ६–० को फराकिलो जित दर्ता गरेको छ।
रोमानियाका डिफेन्डर राडु ड्रागुसिनले पेनाल्टी क्षेत्रमा लेवान्डोव्स्कीलाई फाउल गरेपछि रातो कार्ड पाएका थिए। त्यसपछि प्राप्त पेनाल्टी लेवान्डोव्स्कीले २४औं मिनेटमा गोलमा परिणत गर्दै पोल्यान्डलाई अग्रता दिलाए।
निकोल जालेव्स्कीको पासमा लेवान्डोव्स्कीले ४७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। खेलको अन्त्यतिर उनले तेस्रो गोल पूरा गर्दै ह्याट्रिक गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।