काठमाडौं। जिनेदिन जिदानको फ्रान्स प्रशिक्षकका रूपमा घरेलु मैदानमा भएको पहिलो खेल बराबरीमा टुंगिएको छ।
यूईएफए नेशन्स लिगअन्तर्गत शुक्रबार स्टाड डे फ्रान्समा भएको खेलमा फ्रान्स र इटालीले १–१ को बराबरी खेले।
टोलीको घोषणा भएपछि स्टेडियम उद्घोषकले जिदानको नाम उच्चारण गर्दा स्टाड डे फ्रान्समा दर्शकले ठूलो स्वागत गरेका थिए।
फ्रान्सका माइकल ओलिसेले ५५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। उनले करिब २० मिटर टाढाबाट घुमाउरो प्रहार गरेका थिए, जुन क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो।
तर‚ दोस्रो हाफको मध्यतिर फ्रान्सको कमजोर रक्षात्मक प्रदर्शनको फाइदा उठाउँदै इटालीका सेन्टर डिफेन्डर अलेसान्द्रो बास्तोनीले अगाडि बढेर गोल गरे। उनको लो प्रहार गोलपोस्टको दायाँ भाग हुँदै जाली चुमेपछि खेल १–१ को बराबरीमा सकियो।
समूह १ मा फ्रान्स सात अंकसहित शीर्षस्थानमा छ। बेल्जियमको ६, इटालीको ४ र टर्कीको शून्य अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।