• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सांसद भन्छन्– नेपाल प्रहरी दाँत नभएको कुकुरजस्तो

\'पञ्चायतकालको नमिता-सुनिता काण्ड फेरि दोहोरिएको छ\'
64x64
नेपाल लाइभ सोमबार, मंसिर २४, २०७५  १४:५९
1140x725

काठमाडौं– सांसदहरुले नेपाल प्रहरीको कार्यक्षमतामा प्रश्न उठाएका छन्। सोमबार राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि उनीहरुले प्रहरी संगठनको क्षमतामा ह्रास आएको आरोप लगाए।

राष्ट्रियसभाका सांसद कालीबहादुर मल्लले पहिलेपहिले प्रहरी भन्दा मानिसहरु डराउने गरेको भए पनि अहिले गाउँगाउँमा प्रहरीको माग हुने गरेको बताए। तर कतिपय घटनाको अनुसन्धानमा प्रहरीले अकर्मण्यता देखाउने गरेको उनले बताए। 'कतिपय घटनामा प्रहरीको कारबाही दाँत नभएको कुकुरले टोकेजस्तो हुनेगरेको छ। दाँत नभएको कुकुरले टोक्यो भने काउँकुती लाग्छ', उनले भने, 'प्रहरीको कारबाही पनि त्यस्तै हुने गरेको छ। दाँत नभएको कुकुरले टोकेको जस्तै छ।'

सांसद कविता बोगटीले पनि मल्लको सन्दर्भ जोड्दै जनताले हेर्दा प्रहरीको दाँत देखिए पनि त्यो देखाउने दाँत मात्रै रहेको बताइन्। उनले आफूहरुलाई राज्यविहीनताको अवस्थाको महसुस हुनेगरेको बताइन्।

सांसद सरिता प्रसाईंले नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्नमा कमजोर हुँदै गएको बताइन्। उनले अहिले जसले जे गरे पनि हुने अवस्था आएको भन्दै प्रहरी संगठन किन कमजोर हुँदै गएको भन्ने प्रश्न गरिन्।

त्यस्तै, सांसद विमला राई पौडेलले निर्मला पन्त प्रकरणले नेपाल प्रहरीको साख गिर्दै गएको बताइन्। 'प्रमाण नष्ट भइसकेपछि अनुसन्धानमा अप्ठ्यारो हुन्छ भन्ने हामीलाई थाहा छ', उनले प्रश्न गरिन्, 'तर, प्रमाण कसले नष्ट गर्‍यो भन्ने प्रहरीलाई थाहा छ। अनि प्रमाण नष्ट गर्नेलाई बर्खास्त गरेर मात्रै हुन्छ कि जोजो त्यसमा सहभागी हुनुहुन्थ्यो उहाँहरुलाई साँचो अपराधी पत्ता नलागुञ्जेल थुनामा राख्दा के हुन्छ?'

अर्का सांसद रमेशजंग रायमाझीले निर्मला पन्त प्रकरणले अहिलेसम्म शंका नउठेको प्रहरीप्रति शंका उठेको बताए। 'पञ्चायतकालको नमिता सुनिता काण्ड फेरि दोहोरिएको छ', उनले भने।

रायमाझीले घटनामा ठूला मान्छेको संलग्नताको आशंका गरे। 'कुनै शक्तिशाली मान्छे यो घटनामा संलग्न छ', उनले भने, 'कोही शक्तिशाली मान्छेलाई बचाउनको लागि सरकार प्रहरी महानिरीक्षकलाई प्रयोग गरेर, प्रहरी महानिरीक्षक नबोली बसेका छन्। लाजमर्दो अवस्था छ।'

'आज न्याय देऊ भनेर युवा, तरुण र विद्यार्थीहरु सडकमा पोस्टर टाँस्न जाँदाखेरि प्रहरी पोस्टर च्यात्न लागिपर्छ। प्रहरीको काम शान्ति सुरक्षा कायम गर्ने कि पोस्टर च्यात्ने? पोस्टरले कहाँ अशान्ति फैलायो?  यो देशका नागरिकले न्याय माग्न पनि नपाउने', रायमाझीले प्रश्न गरे।

Ncell 2
Ncell 2

उनले देशमा गृहमन्त्री परिवर्तन भएको हो भन्दै प्रश्न गरे। रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको अपराधी पत्ता लागिसक्यो भनेको सन्दर्भ जोड्दै उनले भने– रक्षामन्त्री र गृहमन्त्री परिवर्तन भएको हो?

उनले साढे ३३ किलो सुन कहाँ गयो भन्दै महानिरीक्षक खनाललाई प्रश्न गरे। 'आइजीको भागमा कति पर्‍यो? गृहमन्त्रीको भागमा कति पर्‍यो? अरुअरुको भागमा कति पर्‍यो? आज यो केस कहाँ हराइरहेको छ', उनले प्रश्न गरे।

सांसद महेश कुमार महराले निर्मला पन्तको प्रकरणमा लामो समयसम्म अपराधी पत्ता नलाग्नुको कारण सोध्दै प्रहरी महानिरीक्षकलाई कतैबाट दबाब आएको भए स्पष्ट पार्न अनुरोध गरे। 'यत्रो सिंगो राज्यलाई प्रभावित गर्न सक्ने शक्ति को हो?  को छ यहाँ? महानिरीक्षकले भन्नुपर्छ। हामी उहाँलाई साथ दिन्छौं। हामी लड्न तयार छौं', उनले भने।

उनले निर्मला प्रकरणले राष्ट्रको छबि नै धमिलो भइसकेको बताए। 'आज दुई प्रहरी अधिकारी बर्खास्त भएका छन्। प्रमाण नष्ट भएका छन्। कहीँ न कहीँबाट निर्देशन त भयो होला उहाँहरुलाई। किन भन्न सकिएको छैन। यसको कारण छ', उनले थपे, 'अब विष्टलाई समातेर कारबाही गर्नुपर्‍यो। कारबाही मात्रै होइन, गहिरो अनुसन्धान गर्नुपर्छ। बिष्टलाई थाहा छ, निर्मलाको बलात्कारी को हो, हत्यारा को हो। बम दिदीबहिनीलाई पनि थाहा छ। त्यहीँबाट अनुसन्धान सुरु गर्नुपर्छ।'

प्रमिलाकुमारी यादवले सुरक्षाकर्मीले दोषीलाई पक्राउ गर्न नसक्ने तर निर्दोषलाई यातना दिने गरेको भन्दै त्यसलाई रोक्न आग्रह गरिन्। 'यदि सुरक्षाकर्मीले सुरक्षा दिन सक्दैनन् भने पदबाट राजीनामा दिनुपर्‍यो', उनले भनिन्।

महानिरीक्षक खनालले आफूलाई पनि निर्मला पन्त प्रकरणमा तिब्रताका साथ अनुसन्धान गरिरहेको भन्दै आफूलाई पनि चिन्ता लागेको बताए। 'मलाई चिन्ता लागेर निद्रा पनि नलाग्ने अवस्था छ', उनले भने, 'हाम्रो सामर्थ्यले गर्न सक्ने जति काम गर्नेछु।'

उनले आफूले व्यवसायिकताबाट एक रौं बराबर पनि यताउति हुन नदिएको दाबी गरे। साथै, उनले आफूले कुनै अनुसन्धान टोलीलाई दबाब नदिएको बताए। दबाब दिएको भेटे संसदमा राखेर बर्दी फुकाल्न समेत सांसदहरुलाई चुनौती दिए।

उनले अनुसन्धानलाई साँघुरो बनाउँदै लगेको जानकारी दिए।

यो पनि पढ्नुहोस्ः निर्मला काण्डले रातभर निद्रा लाग्दैन, लापरबाही गरेको पाए बर्दी फुकाल्दिनुस् : आइजिपी खनाल

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १४:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता सोमबार, असोज २७, २०८२
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्