• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रसुवागढीमा कडाइ गरिएपछि मालागढीबाट हुन्छ सुन तस्करी

बढ्दै चेकपोस्ट, अनियन्त्रित तस्कर
64x64
नेपाल लाइभ सोमबार, मंसिर २४, २०७५  १४:३४
1140x725

रसुवा- रसुवागढी नाकामा कडाइ गरिएसँगै मालागढीबाट सुन तस्करी हुने गरेको खुलासामा भएको छ। विशेष सुराकीका आधारमा मालागढीबाट सुन तस्करी हुने गरको सूचना पाएपछि प्रहरीले सक्रियता बढाएसँगै सोमबार बिहान एक जना पक्राउ परेका छन्। चीनको केरुङबाट अवैध रुपमा नेपाल ल्याइएको दुई किलोग्राम सुन सहित रसुवा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका १ थुम्मनका ३७ वर्षीय निमा दोर्जे तामाङ छन्। 

स्याफ्रुबाट काठमाडौंतर्फ जादै गरेको ना १ ज ६१७६ नम्बरको टाटासुमोमा लुकाइछिपाई ल्याएको अवस्थामा विशेष सुराकीका आधारमा सदरमुकाम धुन्चेबाट सुनसहित तामाङलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए।

'नियमित चेकजाँचका क्रममा विशेष सुराकीका आधारमा चेकजाँच गर्दा हामीले दुई किलोग्राम सुनसहित उनलाई पक्राउ गरिएको हो', नायव उपरीक्षक तामाङले भने। 

निमा दोर्जे तामाङ टाटासुमोमा टिकट काटी स्याफ्रुबाट काठमाडौं जान लागेका थिए।

उनको साथबाट बरामद गरिएको सुनको मूल्य करिब ९० लाख रहेको प्रहरीले जनाएको छ। सुन सहित पक्राउ परेका उनलाई राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

चोर बाटो हुँदै तस्करी
चीनको केरुङ जाने मुख्य नाका रसुवागढीमा कडाई गरेसँगै मालागढी नाका हुँदै सुन तस्करी हुन थालेको खुलासा भएको हो। सोमबार बरामद गरिएको २ किलो सुन निमा दोर्जे तामाङले मालागढी नाका हुँदै काठमाडौं लैजान लागेको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक तामाङले बताए। 'चिनियाँ पक्षले मालागढीमा सुन दिएको र उनले काठमाडौं लैजान लागेको देखिन्छ', उपरीक्षक तामाङले भने।

मालागढी नाकाबाट सुन तस्करी हुने गरेको खुलासा भएसँगै एक साताभित्रमा सो नाकामा सशस्त्र प्रहरीको चेक पोष्ट स्थापना गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। 'जिल्ला सुरक्षा समितिबाट इन्सपेक्टरको कमान्डमा एउटा पोष्ट राख्न गृह मन्त्रालयमा अनुरोध गरिसकेका छौं। अब चाडै पोष्ट खडा गरी निगरानी बढाउछौं', प्रजिअ पौडेलले भने। 

Ncell 2
Ncell 2

भाडाका सवारी प्रयोग गरेर हुन सक्ने तस्करीका लागि सुरक्षाकर्मी परिचालन गरी पेट्रोलिङ गस्ती बढाउनुका साथै अवैध रूपमा हुन सक्ने तस्करी नियन्त्रणका लागि सुरक्षाकर्मीलाई तालिम प्रदान गरिरहेको पनि पौडेलले बताए। अवैध गतिविधि नियन्त्रण गरिने उनको भनाइ छ।

गोसाईंकुण्ड गाउँपालिका-१ थुम्मनमा मालागढी नाका रहेको छ। सदरमुकाम धुन्चेबाट करिब तीन घन्टाको यात्रामा थुम्मन पुग्न सकिन्छ। थुम्मनबाट एक दिनको पैदल यात्रापछि चीनसँग सिमाना जोडिएको चोरी बाटो मालागढी नाका पुगिन्छ। त्यहाँ कुनैपनि बस्ती छैन। 

पक्राउको नालीबेली, तस्करको केन्द्र टिमुरे
२०७१ असार १७ गते गोसाईंकुण्ड गाउँपालिका-२ टिमुरेकी फुर्पु ग्याल्मो तामाङ्नी १० तोला बुटिलसहित पक्राउ परिन्। २०७१ साउन ६ गते टिमुरेकै ३० वर्षीया सम्झना तामाङ ६ तोला बुटिल पक्राउ परिन्। २०७२ साउन १४ आमाछोदिङमो गाउँपालिका-४ गोल्जुङका १७ वर्षीया सीता तामाङ र २५ वर्षीय योसाङ तामाङ १ केजी सुनसहित पक्राउ परे। 

२०७२ चैत १७  गते बाग्लुङका २२ वर्षीय पेम्बा रेन्जेन गुरूङ २२ तोला सुनसहित धुन्चे बाट पक्राउ परे। २०७३ जेठ ३० गते गोसाईंकुण्ड गाउँपालिका-२ टिमुरेका काङकाङ तामाङ ६ किलो सुनसहित टिमुरेबाट पक्राउ परे। २०७३ पुष ६ गते आमाछोदिङमो गाउँपालिका ३ गत्लाङका २८ वर्षीय वीरेन लामा ५ किलो सुनसहित गोसाईंकुण्ड गाउँपालिका-२ टिमुरेबाट पक्राउ परेका थिए। 

२०७३ माघ १ गते सूर्यविनायक भक्तपुरका ३० वर्षीय रवीन्द्र भुजेल १५ किलो सुनसहित काठमाडौंबाट पक्राउ परेका थिए। २०७३ माघ १० गते सिन्धुपाल्चोक सिम्पालकाभ्रे ७ का ४७ वर्षीय चक्रबहादुर धमला १ सय १७ दशमलव ३२ ग्राम सुनसहित टिमुरेबाटै पक्राउ परेका थिए। 

२०७३ चैत ३ मा वालिङ, स्याङ्जा हाल रसुवा उत्तरगया गाँउपालिका-२ का ३५ वर्षीय प्रकास गैरे ७ किलो सुनसहित गोसाईंकुण्ड गाउँपालिका-२ टिमुरेबाट पक्राउ परे। 

२०७४ असार ६ मा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ का कृष्णबहादुर श्रेष्ठ र दिनेश रोक्का २ किलो सुनसहित गोसाईंकुण्ड गाउँपालिका-२ टिमुरेबाटै पक्राउ परे। 

त्यस्तै २०७४ साउन २८ मा उत्तरगया गाउँपालिकाका ३७ वर्षीय  दिपक घले, आमाछोदिङमो गाउँपालिकाका २४ वर्षीय फुर्बा तामाङ ९ किलो सुनसहित नुवाकोटबाट पक्राउ परे। 

चीनको केरुङबाट रसुवागढी हुँदै आएको सुनसहित पक्राउ पर्नेमा अधिकाशं भरिया रहेका छन्। 

पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भई रसुवागढी नाकामा चहलपहल बढेसँगै अवैधानिक गतिविधि पनि हुँदै आएको छ। तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट तस्करी बढिरहेको पाइएपछि रसुवामा सुरक्षा निकायले कडाई गरेको बताउने गरेका भए पनि दैनिकजसो नै रसुवाबाट अवैध सुनको तस्करी भइरहेको अनुमान गर्नेको संख्या पनि कम छैन। 

नेपाल चीन र भारत जोड्ने त्रिदेशीय मार्गको रुपमा विस्तार भईरहेको रसुवागढी नाकामा अवैध रूपमा तस्करी बढेसँगै प्रहरीले विशेष निगरानी गरिरहेको दाबी गरेको छ। 

भूकम्प र पहिरोका कारण तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट २०७१ सालदेखि नै सुन तस्करी हुन थालेको देखिन्छ। नाका सञ्चालनमा आएदेखि अहिलेसम्म जिल्लाभित्र नौ पटक सुन पक्राउ परिसकेको छ। तर जिल्ला बाहिरबाट भने न्युनतम ९ देखि ८८ किलोसम्म सुन पक्राउ परेको छ। जिल्लामा सबैभन्दा ठुलो परिमाणमा ७ किलोसम्म सुन पक्राउ परेको छ। जिल्लाभित्र जाँचका लागि दर्जनौं चेकपोष्ट राखिए पनि सुन तस्करी नियन्त्रणमा आएको छैन। 

चेकपोष्टबाट सर्वसाधारणले सास्ती पाउनु बाहेक अन्य कुनै कुरा नभएको स्थानीयवासीको भनाइ छ। सर्वसाधारणको झोला खोतल्ने, अनावश्यक समय पर्खाउनेलगायतका काम मात्र भएको सर्वसाधरणको गुनासो छ। 

अहिले जिल्लामा नेपाली सेना, नेपालप्रहरी र सशस्त्र प्रहरीका एक दर्जन चेकपोष्ट सञ्चालनमा रहेको छन्। जिल्लाको टिमुरेमा ४ वटा, स्याफ्रुमा एउटा, धुन्चेमा तीन वटा, कालिकास्थानमा दुई वटा र बेत्रावतीमा एउटा चेक पोष्ट राखिएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १४:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता सोमबार, असोज २७, २०८२
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्