काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले लगानीकर्तालाई ४० प्रतिशत लाभांश दिने भएको छ। बैंक सञ्चालक समितिको मंसिर २३ गते बसेको बैठकले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट लगानीकर्तालाई असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
जस अनुसार बैंकले १० लाख ६४ करोड रुपैयाँ चुक्ता पुँजीको १ अर्ब ९१ करोड रुपैयाँ बोनस सेयर र २ अर्ब ३४ करोड रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश लगानीकर्ताले भने राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।