• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

समयमै बक्यौता तिर्न नसकेकै हो, अब तिर्छौं, विमान पनि नियमित उडाउँछौं : सौर्य एयरलाइन्स

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २०, २०७५  १८:०९
1140x725

काठमाडौं– निजी हवाई सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको बक्यौता तिर्ने प्रतिबद्धता जनाएको छ।

विमानस्थल कार्यालयलाई एयरलाइन्सले विमानस्थल सेवा शूल्कबापत ४ करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी थियो। तर, एयरलाइन्सले लामो समयसम्म पनि सबै रकम चुक्ता गर्न नसक्दा नियमित उडान नै बन्द भएको उनले स्विकारे।

‘लामो समयदेखि विमानस्थल कार्यालयलाई तिर्नुपर्ने बक्यौता तिर्न नसकेकै हो’, एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले भने, ‘अब बक्यौता किस्तामा तिर्दै नियमित उडान गर्छौं।’

खनालका अनुसार सो रकममध्ये केही रकम भने भुक्तानी भइसकेको छ।

एयरलाइन्सको व्यवस्थापन हेरिरहेका श्याम अधिकारी चीन भ्रमणमा रहेकोले आज उडान बन्द हुन पुगेको उनको भनाइ छ। अधिकारी शुक्रबार काठमाडौं आएपछि सोमबार भित्र बाँकी रहेको बक्यौता रकम तिर्दै एयरलाइन्सले नियमित उडान सुरु गर्ने खनालले दाबी गरे।

यता विमानस्थल कार्यालयले भने बक्यौता रकम चुक्ता नगरेको भन्दै बिहीबार दिँउसोदेखि नै एयरलाइन्सको नियमित उडान बन्द गराइसकेको छ।

एयरलाइन्सले विमानस्थल कार्यालयलाई अब ३ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी छ। एयरलाइन्सले बारम्बार बक्यौता तिर्न समय दिए पनि रकम भुक्क्तानी नगरेपछि नियमित उडान बन्द गराएको कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले बताए।

उनका अनुसार एयरलाइन्सले सोमबारभित्र केही बक्यौता चुक्ता गर्ने जनाएको छ। एयरलाइन्सले बक्यौता चुक्ता नगरेसम्म उडान हुन नदिने उनले स्पष्ट पारे।

Ncell 2
Ncell 2

‘एयरलाइन्सलाई माघदेखि ताकेता गर्दा अहिलेसम्म १ करोड ७० लाख रुपैयाँ तिरेको छ। अब तिर्न बाँकी झन्डै ३ करोड रुपैयाँ छ। एयरलाइन्सले अति नै न्यून रकमका दरले बक्यौता चुक्ता गर्दा समस्या आएको छ’, उनले भने।

दीपक पोखरलेको स्वामित्वमा रहँदा नै सौर्य एयरलाइन्सले विमानस्थल कार्यालयलाई झन्डै ३ करोड रुपैयाँ विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने अवस्था थियो। तर, आर्थिक संकट बढ्दै गएपछि पोखरेलले एयरलाइन्स ६१ करोड रुपैयाँमा बिक्री गरेका थिए। साउनको अन्तिम साता व्यवसायी श्याम अधिकारी, श्यामकृष्ण महर्जन र रामप्रसाद पन्थीको नयाँ व्यवस्थापकीय टिमले सौर्य एयरलाइन्स खरिद गरेको हो।

खरिद गर्दा एयरलाइन्सले विमानस्थल कार्यालयलाई बाँकी रहेको रकम तिर्ने सहमति भएको थियो। तर, नयाँ व्यवस्थापनले एयरलाइन्स कम्पनी खरिद गरेर नियमित उडान सुरु गरेको तीन महिना हुँदा पनि बक्यौता चुक्ता गरेको छैन।

अहिले सौर्य एयरलाइन्स कम्पनी रामप्रसाद पन्थीका छोरा बुद्धिराज पन्थीको नाममा हस्तान्तरण भएको छ। तर, सञ्चालक टिममा भने अरु पनि सदस्य छन्।

सौर्यसँग ‘सिआरजे–२००’ सिरिजका दुई वटा विमान छन्। एउटाले नियमित उडान भरिरहेको छ भने अर्को विमानमा प्राविधिक समस्या आएकाले ग्राउन्डेड छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विशेष महाधिवेशन : चार हजार ६३८ जना मतदाताको नामावली सार्वजनिक
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ
भारतको हिमाचलमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विशेष महाधिवेशन : चार हजार ६३८ जना मतदाताको नामावली सार्वजनिक मंगलबार, पुस २९, २०८२
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ मंगलबार, पुस २९, २०८२
भारतको हिमाचलमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु मंगलबार, पुस २९, २०८२
यस्तो छ विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका : राति ९ बजेदेखि मतदान (कार्यतालिकासहित) मंगलबार, पुस २९, २०८२
काँग्रेस विशेष महाधिवेशनमा पुरानै विधान अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्यो मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्