काठमाडौं- नेपाल वायुसेवा निगमले ल्याएको वाइडबडी विमान खरिद प्रकरणमा सार्वजनिक लेखा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायुसेवा निगमलाई ३८ प्रश्न सोध्नेगरी छलफल गरेको छ।
समितिले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उठाइएको विषय, खरिद प्रक्रिया, निगमले गठन गरेको छानबिन समितको रिपोर्ट, विमान खरिदमा रकम लगानी गर्ने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले के आधारमा रकम दिए भन्ने लगायतका विषयमा प्रश्न तयार गरेको हो।
आजैको बैठकमा ९३.०५ मिलियन डलरमा आउनुपर्ने विमानको मूल्य किन १०८ मिलियन डलर पर्यो भनी प्रश्न उठाइएको थियो। समितिका सभापति भरतकुमार साहले मूल्यबारे प्रश्न उठाएका हुन्।
दुई वटा ए ३३० २०० वाइडबडी खरिदका लागि प्रतिविमान १०८.१९ मिलियन अमेरिकी डलर भुक्तानी गरिएको निगमको भनाइ छ।
निगमले असार १४ मा पहिलो वाइडबडी विमान र साउन १० गते अर्को वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएको थियो। निगमले दुई वाइड बडी जहाज २४ अर्ब रुपैयाँमा खरिद गरेको बताउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।