काठमाडौं– विभिन्न चार देशका राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइ मंसिर २३ गते हुने भएको छ। मन्त्रिपरिषद्को कात्तिक २५ मा बसेको बैठकले चार देशका राजदूत सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ विशेष समितिको बुधबार बसेको बैठकले प्रस्तावित राजदूतहरुलाई सुनुवाईका लागि बोलाएको हो।
सरकारले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि अन्जान शाक्यलाई राजदूतमा सिफारिस गरेको थियो।
यो पनि पढ्नुहोस्ः
राजदूतमा सिफारिस भएका विरूद्ध कुनै गुनासो छ? उजुरी आह्वान
राजदुतमा सिफारिस चारै जनाविरुद्ध उजुरी परेन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।