काठमाडौं- सरकारले विभिन्न चार देशका लागि राजदूतमा सिफारिस गरेका व्यक्तिहरूका विरूद्धमा उजुरी माग गरिएको छ।
_x000D__x000D_
संघीय संसदको सुनुवाइ समितिले एक सूचना जारी गर्दै भारत, मलेसिया, युएई र इजरायलका लागि राजदूतमा सिफारिस क्रमश: नीलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्णप्रसाद ढकाल र अञ्जान शाक्यलाई राजदूतमा सिफारिस गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र सबुत प्रमाण सहित मंसिर १७ भित्र उजुरी दिन भनिएको छ।
_x000D__x000D_
कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले चार देशका लागि राजदूत सिफारिस गरेको थियो।
_x000D__x000D_
_x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।