काठमाडौं – जापानमा आयोजित एसियाली खेलकुदमा नेपाललाई एकमात्र पदक दिलाएको नेपाली कबड्डी टोली थाइल्यान्डको बैंकक विमानस्थलमा झन्डै ४० घण्टा अलपत्र परेपछि आज स्वदेश फर्किँदै छ।
टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैंकक विमानस्थलमै लामो समय कुर्नुपरेको थियो। रातारात विमानस्थल पुगेका खेलाडीहरूले झन्डै ४० घण्टा त्यहीँ बिताएपछि आज स्वदेश फर्किन लागेको जनाइएको छ।
टोलीका सदस्यहरूका अनुसार लगातार फ्लाइट डिले भए पनि नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्का अधिकारीबाट आफ्नो समस्याबारे पर्याप्त चासो नदिइएको गुनासो छ। थाइल्यान्डबाट नेपाली दूतावास र नेपाल सरकारसँग पहल गरिएको भए पनि समयमै समाधान ननिस्किएको उनीहरूको भनाइ छ।
जापानमा भएको एसियाली खेलकुदमा नेपाली कबड्डी टोलीले कांस्य पदक जितेको थियो। उक्त कांस्य नै प्रतियोगितामा नेपालले जितेको एकमात्र पदक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।