काठमाडौं- जापानको ओसाका विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान पुनः संचालन गर्ने बारे निगम र जापानी टोलीका उच्चपदाधिकारी बीच छलफल भएको छ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नेतृत्व नेपाली प्रतिनिधीमण्डल र ओसाका विमानस्थलको एसिया क्षेत्र हेर्ने निर्देशक इमानुएल् मानेन ताउलकोे प्रतिनिधिमण्डल बीच निकट भविष्यमा उडान सुरु गर्ने विषयमा छलफल भएको हो।
छलफलमा जापानी टोलीले उडान पुनः संचालन गर्न आफ्ना तर्फबाट पूर्ण सहयोग गर्ने बताएको छ।
साथै हानेदापछि ओसाका आकर्षक र महत्वपूर्ण विमानस्थल रहेकाले निगमको उडान उपलब्धिमूलक हुने विश्लेषण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।