काठमाडौं– कुमारी बैंकले लगानीकर्तालाई बोनस सेयर दिने भएको छ। बैंक सञ्चालक समितिको मंसिर १६ गते बसेको बैठकले लगानीकर्तालाई अर्थिक वर्ष २०७३/०७४ नाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो।
साथै बैंकले चार संस्था तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनी प्राप्ति गरी २०७४ असार १६ गतेदेखि संयुक्त कारोबार गरेकोले उक्त मितिले दुई वर्षभित्र गाभिएको भए कायम रहेको सेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने जनाएको छ।
लगानीर्तालाई विद्यमान आयकर ऐन, २०५८ को दफा ४७ (क) (५) मा भएको व्यवस्था बमोजिम कर नलागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।