काठमाडौं- एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन्। आइतबार बसेको बैंक सञ्चालक समितिले उनलाई सिइओ नियुक्त गरेको हो। चार वर्षका लागि नियक्त भएका न्यौपाने चार्टर्ड एकाउन्टेन्ट हुन्।
केही समयअघिदेखि नै बैंकको प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो। न्यौपानेले त्यसअघि बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन्।
तत्कालीन बैंक अफ एसियाबाट बैंकिङ क्षत्रेमा प्रवेश गरेका न्यौपानेले बैंकका विभन्न निकायमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।
न्यौपानेलाई संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराए। नवनियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकको लक्ष्यलाई मूर्त रुप दिन प्रतिबद्धता जनाएका छन्।
देशैभर बैंकमा २ सय ६८ शाखा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।