काठमाडाैं– नेपाल एयरलाइन्सको ए ३२० न्यारोबडी एयरबस विमान चार दिनदेखि ग्राउन्डेट भएको छ। सगरमाथा नाम दिइएको नाइएन एकेडब्लु विमान १३ गतेदेखि ग्राउन्डेट भएको हो।
भारतको बैङ्लोरबाट उडान भरेर आउँदा काठमाडौं विमानस्थलमा अवतरणको समयमा चरासँग ठोकिएसँगै विमान ग्राउन्डेट भएको नेपाल एयरलाइन्सका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए।
विमानमा चरा ठोकिए पनि ठूलो क्षति नभएको दाबी छ। तर, जहाज मर्मत गरी नियमित उडानमा ल्याउन भने अझै केही दिन लाग्ने उनको भनाइ छ। उनका अनुसार ग्राउन्डेट भएको विमान ५ डिसेम्बरदेखि नियमित उडानमा आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।