काठमाडौं- धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलव ७३ अङ्कले घटेर १ हजार १ सय ३० दशमलव ६३ पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ८९ अङ्कले घटेर २ सय ४० दशमलव २६ पुगेको छ। आज कूल १ सय ५६ कम्पनीको १४ लाख ४२ हजार १ सय ३८ कित्ता सेयर ४५ करोड ४६ लाख ९५ हजार ९ सय ९५ मा खरीदबिक्री भएको नेप्सेले जानकारी दिएको छ।
कारोबार भएका कूल ११ उपसमूहमध्ये ट्रेडिङ उपसमूहको मात्र सेयर उकालो लागेको छ। सो उपसमूह २ दशमलव 0९६ अङ्कले बढेको छ। यस्तै बैंकिङ १५ दशमलव ५८, होटल ३३ दशमलव २६, विकास बैंक ११ दशमलव ३३, जलविद्युत् १६, फाइनान्स ५ दशमलव०७, निर्जीवन बीमा १ सय ३९ दशमलव ५१, उत्पादन २ दशमलव ७३, अन्य ७ दशमलव ७३, लघुवित्त २८ दशमलव ८५ र जीवन बीमा १ सय ५ दशमलव ६७ अङ्कले घटेको छ।
विजय लघुवित्त वित्तीय संस्था, तिनाउ डेभलपमेन्ट बैंक, विशाल बजार कम्पनी लिमिटेड, कालीका पावर कम्पनी लिमिटेड र रैराङ हाइड्रो पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, बरुण हाइड्रोपावर र नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।