काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले उत्पादनको क्षेत्रका साथै रोजगारी दिने कार्यमा सक्रिय रहेका व्यावसायिक सहकारी संस्थालाई सरकारले प्रवद्र्धन, विकास र प्रत्यक्ष सहयोग गर्ने बताएकी छन्।
सिद्धिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कोटेश्वरको १०औँ वार्षिक साधारणसभालाई आज राजधानीको तिनकुनेमा सम्बोधन गर्दै नाम मात्रैको सहकारी संस्था अब क्रमशः घट्दै जाने र एकअर्कामा गाभिने (मर्ज हुने) बताइन्।
महिला र युवालाई उद्यमी बनाउने, कृषकलाई व्यावसायिकतर्फ लैजाने सहकारी नै अबका दिनमा फस्टाउने पनि मन्त्री अर्यालले धारणा राखेकी थिइन्। प्रदेशसभा सांसद लक्ष्मण लम्सालले सहकारीले सर्वसाधारणबाट सङ्कलन गरेको निक्षेप घरजग्गा, सवारी साधन जोड्का लागि ऋण दिन नभई जलविद्युत्, कृषि उत्पादन र रोजगारीका क्षेत्रतर्फ लगानी गर्नुपर्ने कुरामा जोड दिए।
सिद्धिक बचत तथा अण सहकारी संस्था लिका उत्कृष्ट सञ्चालक लक्ष्मीप्रसाद श्रेष्ठ (रोशन), सल्लाहकार राजकुमार मल्ल, तेजराम झा, शम्भुबहादुर बुढाथोकी, उत्कृष्ट कर्मचारी मेनुका खतिवडा, उत्कृष्ट बचतकर्ता, गोविन्द तिमल्सिना र केदार बुढाथोकी, आवधिक बचतकर्ता ओमप्रसाद तिमल्सिना र उत्कृष्ट शेयरतर्फ कुमारराज गिरी सम्मानित भए।
यसैगरी सांसद लम्सालले ज्येष्ठ नागरिक नीलकण्ठ ढुङ्गाना र काली खत्रीका साथै गत वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी लेलिना पण्डित, समिता घिमिरे, अनिश श्रेष्ठ, अङ्कित सिंह र प्रगाढ खड्कासमेत सम्मानित भए।
वार्षिक साधारणसभाको दोस्रोसत्रबाट होमप्रसाद चौलागाईंको नेतृत्वमा आगामी चार वर्षका लागि ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरिएको छ। संस्थाको उपाध्यक्षमा सुन्दरकुमार श्रेष्ठ, सचिवमा नरेन्द्र राई, सहसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ (रोशन), कोषाध्यक्षमा तीर्थ महर्जन र सदस्यमा राजकुमार मैनाली, विजयराम दवाडी, अनिल शिवाकोटी, सन्तोषकुमार खड्का र कुमारराज गिरी चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।