काठमाडौं- नेपाल भ्रमणमा रहनु भएकी म्यानमारका प्रजातन्त्रवादी नेतृ तथा विदेश परामर्शदाता आङ साङ सुकी ‘नेपाल चेम्बर एक्स्पो’मा सहभागी भएकी छिन्।
_x000D_
_x000D_
म्यानमारको समेत सक्रियतामा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको एक्स्पोको उद्घाटन कार्यक्रममा नेतृ सुकी विशिष्ट अतिथिका रुपमा सहभागी भएकी हुन्।
_x000D_
_x000D_
एक्स्पोलाई सम्बोधन गर्दै उनले नेपाल र नेपालीलाई आफूले सदैव माया र सम्मान गर्ने बताइन्। उनले नेपालसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको आर्थिक तथा व्यापारिक क्षेत्रको विकासका लागि दुवै मुलुकबीचको सहकार्य उपलब्धिमूलक हुने विश्वास समेत व्यक्त गरिन्।
_x000D_
_x000D_
एक्स्पोको रुचिपूर्वक अवलोकन समेत गर्न गएकी सुकीले नेपाली उद्यमीले म्यान्मारको कृषि, जलविद्युत, प्रविधिलगायतका क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सक्ने पनि स्पष्ट पारिन्।
_x000D_
_x000D_
दुवै मुलुकले मानव संशोधनको विकासमा जोड दिएर आर्थिक विकास तथा समृद्धिका गतिविधिलाई संचालन गर्न सकिने पनि नेतृ सुकीको भनाई छ।
_x000D_
_x000D_
शुक्रबारदेखि काठमाडौंमा सूरु हुने ‘एसिया प्यासिफिक समिट’मा भाग लिन उनी बिहिबार बिहान काठमाडौं अाएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।