काठमाडाैं– फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ले बलिउडमा खासै कमाल गर्न सकेन।
_x000D_
_x000D_
दर्शकले पनि फिल्म हेरेपछि राम्रो प्रतिकृया दिएनन्। आफ्नो फिल्मलाई लिएर अभिनेता आमिर खानले पश्चताप गरेका छन्।
_x000D_
_x000D_
उनले भने,‘ मैले यस फिल्मबाट दर्शककाे अपेक्षा पूरा गर्न सकिनँ। यसको पूरा जिम्मेवारी म लिन्छु। मलाई लाग्छ कि हामीबाट गल्ती भयो। हामीले प्रयास पूरा गर्यौँ तर हामी कहीँ न कहीँ चुक्याैँ। फिल्मलाई रुचाउने दर्शन पनि छन्। तर, निकै कम छन्,’आमिरले भने,‘जो मेरा लागि फिल्म हेर्न आएका थिए म उनीहरूसँग माफी माग्छु कि मैले उनीहरूलाई सोचेजस्तो इन्टरटेन्ट दिन सकिनँ। मैले पूरा कोसिस गरेको त थिएँ। दर्शक अपेक्षाका साथ फिल्म हेर्न गए तर उनीहरूले फिल्म रुचाएनन्,यसकारण मलाई दुःख लागेको छ। मलाई आफ्नो फिल्म मेरो सन्तान बराबरको लाग्छ।'
_x000D_
_x000D_
डिसेम्बरमा फिल्म‘ठग्स अफ हिन्दोस्तान’ चीनमा रिलिज हुनेछ। यसको लागि फिल्म निर्माताले पूरा तयारी गरिरहेका छन्। भारतमा त फिल्मको राम्रो रेस्पोन्स मिल्न सकेन, अब हेरौँ कि चीनमा कस्तो रेस्पोन्स मिल्नेछ।
_x000D_
_x000D_
फिल्म‘दंगल’ को चीनमा रिलिज भएपछि त्यहाँ आमिरको फ्यान फलोवर्स धेरै बढेका थिए।
_x000D_
_x000D_
अमिताभ बच्चन र आमिरजस्तो स्टार भएको फिल्म पनि मुस्किलले १ सय ५० करोड पार गर्यो। यद्यपि, फिल्मले पहिलो दिनमै ५० करोड कमाएको थियो। तर, विस्तारै विस्तारै फिल्मको कमाइमा गिरावट आइरह्यो। (लाइभ हिन्दुस्तानबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।