ब्युनर्स आयर्स– अर्जेन्टाइन क्लब रिभर प्लेटका समर्थकले बोका जुनियर्सको खेलाडी सवार बसमा समर्थकले आक्रमण गरेका छन्। दक्षिण अमेरिकी क्लब च्याम्पियनसिप कोपा लिबेर्टाडोरेसको फाइनलको दोस्रो खेलको खेल्न गइरहेको बेला बोका जुनियर्सको बसमा क्लब रिभर प्लेटका समर्थकले आक्रमण गरेका थिए।
_x000D_
_x000D_
रिभर प्लेटको रंगशाला मोनमेन्टमा जाने क्रममा समर्थकले आक्रमण गरेका थिए। जसका कारण क्लबका खेलाडी निर्धारित समय भन्दा २ घन्टा ढिला पुगेका थिए। त्यसपछि फाइनल खेल स्थगित गरिएको छ। खेल सोमबार विहानका लागि सारिएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
आक्रमणमा परि खेलाडी घाइते भएका छन्। बसको झ्यालको सिसा फुटेर खेलाडीलाई लागेको बताइएको छ। घाइते हुनेमा बोका जुनियर्सका स्ट्राइकर कार्लोस टेभेज पनि घाइते भएका छन्। यस्तै पाब्लो पेरेज र गोन्जालो लामार्डो पनि गम्भीर घाइते भएका छन्। दुबैलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो। फुटेको सिसा दुवैको आँखामा परेको थियो। यस्तै सिसाले टाउको पनि चोट लगेको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
अर्जेन्टिनाका पूर्व स्ट्राइकर ग्राबियल बाटिस्टुटाले घटनालाई लाजमर्दो भनेका छन्। उनले आफ्नो देशको समर्थकको व्यवहारलाई विश्वले हेरेको र घटना लाजमर्दो भएको ट्वीटरमा लेखेका छन्।
_x000D_
प्रतियोगिता युरोपको च्याम्पियन्स लिग जस्तै हो।
_x000D_
_x000D_
२ वर्षअघि ब्राजिलियन क्लब बोका जुनियर्सका समर्थकले रिभर प्लेटका खेलाडीलाई मध्यान्तरमा आक्रमण गरेका थिए। अन्तिम १६ को खेलमा बोका र रिभर प्लेटबीचको भइरहेको थियो। त्यहि क्रममा बोकाका समार्थकबाट टनेलबाट आउदै गरेका खेलाडी आक्रमणमा परेका थिए। त्यसपछि रिभर प्लेटलाई सिधै क्वार्टफाइनलमा पुर्याइएको थियो।
_x000D_
_x000D_

_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।