• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २५, २०८२ Sat, Oct 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

राज्यकोष दोहनमा दीपक मल्होत्रा : मोबाइल निर्यातका नाममा १४ करोड भ्याट फिर्ताको चलखेल

64x64
दुर्गा दुलाल शनिबार, मंसिर ८, २०७५  ०९:२१
1140x725

काठमाडौं– व्यापारी दीपककुमार मल्होत्रा नेपालका लागि सामसुङ मोबाइलको आधिकारीक बिक्रेता कम्पनीका मालिक हुन्। उनको कम्पनी आइएमएस वर्ल्ड प्रालिले नेपालमा सामसुङ कम्पनीको मोबाइल सेट आयात गर्दै आएको छ। 

_x000D_ _x000D_

तर, मल्होत्राले आफन्तको नाममा दर्ता भएका थप तीन कम्पनीमार्फत मोबाइल आयात गरेर निर्यात गरेको खुलासा भएको छ। 

_x000D_ _x000D_

मल्होत्राले आइएमएस वर्ल्डसहित इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स प्रालिमार्फत मोबाइल आयात र हिमालयन इलेक्ट्रोनिक्स प्रालिमार्फत निर्यात भएको देखाएका छन्। यी दुवै कम्पनी मल्होत्राले शतप्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्ने उद्देश्यले खडा गरेको ठूला करदाता कार्यालयले जनाएको छ।

_x000D_ _x000D_

यसरी आयात गरेको मोबाइल शतप्रतिशत भ्याट रकम फिर्ता लिने उद्देश्यले पुन: निर्यात गर्ने गरेको खुलासा भएको हो। 

_x000D_ _x000D_

Ncell 2
Ncell 2

सरकारले निर्यातलाई प्रोत्साहन गर्न कच्चा पदार्थमा लागेको भ्याट फिर्ता दिने व्यवस्था गरेको छ। तर, मल्होत्राले यही प्राबधानलाई टेकेर अायात गरेको मोबाइल अर्को देशमा निर्यात गरेर भ्याट फिर्ता लिने गरेका छन्। ऐन अनुसार कुनै पनि सामान आयात गरी निर्यात गर्दा भ्याट फिर्ताका लागि तेस्रो कम्पनी हुनुपर्नेछ। तर, मल्होत्राले आफै‌ आयात र निर्यात गर्ने गरेका हुन्। 

_x000D_ _x000D_

मल्होत्राले निर्यात गरेको भनी दाबी गरेका मोबाइल सेटहरु चीन, भियतनाम लगायतका देशमा उत्पादन भएका हुन्। उक्त मोबाइल सेटहरु भारतको सामसुङ इन्डिया इलेक्ट्रोनिक्स प्रालिबाट आयात गरी युएईमा रहेको कम्पनी कृष्ण इन्टरनेसनल एफजेडई दुबईलाई बिक्री गर्ने गरेको देखाएका छन्। ती सेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत हवाई माध्यमबाट बिक्री गर्ने गरेको मल्होत्राले देखाएका छन्। 

_x000D_ _x000D_

याे विवाद सर्वाेच्च अदालत पुगिसकेकाे छ। तर सर्वाेच्चले मलहाेत्राकै पक्षमा अन्तरिम अादेश सुनाएकाे छ। सरकारले उक्त अादेश खारेजीका लागि सर्वाेच्चमा निवेदन पनि दर्ता गरिसकेकाे छ। 

_x000D_ _x000D_

यसरी गरियो राज्यकोषको दोहन
_x000D_ मल्होत्राले आर्थिक वर्ष २०७२/०७३, २०७३/०७४ मा यही प्रक्रियाबाट शतप्रतिशत भ्याट फिर्ता लिँदै आएका थिए। त्यसैगरी २०७४/०७५ का लागि पनि उनले सोही प्रक्रिया अनुसार २०७४ साउनदेखि चैतसम्म मोबाइल निर्यात गरेको देखाएका छन्। यसरी निर्यात गरेको भनिएको मोबाइल मल्होत्राको कम्पनी आइएमएस वर्ल्ड र इन्टिग्रेटेड मोबिलिटी सोलुसन्सबाट हिमालयन इलेक्ट्रोनिक्सले आन्तरिक खरिद गरेको देखाइएको छ। 

_x000D_ _x000D_

यसरी आन्तरिक खरिद गरे बापतको ११ करोड ४२ लाख २८ हजार १ सय ३८ रुपैयाँ भ्याट फिर्ताका लागि मल्होत्राले ठूला करदाता कार्यालयमा २०७५ जेठ १ गते निवेदन दिएका थिए। उक्त निवेदनमा ठूला करदाता कार्यालयले कुनै जवाफ दिएन। 

_x000D_ _x000D_

ठूला करदाता कार्यालय मौन बसेपछि मल्होत्राले थप निर्यात गरेको दाबी गर्दै १४ करोड ४८ लाख ३९ हजार ६ सय ६४ रुपैयाँ मूल्य अभिवृद्धि कर फिर्ताका लागि २०७५ साउन ७ गते पुन: निवेदन दिए। उनले २०७४ साउन १ देखि जेठ मसान्तसम्म मोबाइल निर्यात गरेको दाबी गरी भ्याट फिर्ता माग गरेका हुन्। 

_x000D_ _x000D_

मल्होत्राको कम्पनीले बारम्बार भ्याट फिर्ताका लागि ताकेता गर्न थालेपछि ठूला करदाता कार्यालय झस्कियो। आर्थिक ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी शतप्रतिशत भ्याट फिर्ता लिने गलत मनासाय रहेको भन्दै फिर्ता गर्न नमिल्ने उसले  जवाफ दियो। ठूला करदाता कार्यालयले ऐन बमोजिम ४० प्रतिशत कर फिर्ताको सुविधा उपयोग नगरी फर्जी काममार्फत शतप्रतिशत नै रकम फिर्ता लिन लागेको ठहर गरेको छ।

_x000D_ _x000D_

भ्याट फिर्ता लिन यसरी खडा गरिए कम्पनी
_x000D_ चीन, भियतनाम लगायत विभिन्न देशमा बनेका सामसुङ मोबाइल सेट सामसुङ इन्डिया इलेक्ट्रोनिक प्रालिबाट खरिद गरेको देखाउँदै मल्होत्राले ती सेट युएईको कृष्ण इन्टरनेसनल दुबईलाई बिक्री गरेको देखाएका छन्।

_x000D_ _x000D_

कृष्ण इन्टरनेसनलले सामसुङ इन्डिया इलेक्ट्रोनिक प्रालिबाट मोबाइल खरिद नगरी नेपालमा रहेको मल्होत्राको अर्को बिचौलिया कम्पनी हिमालयन इलेक्ट्रोनिक्सबाट खरिद गरेको पाएपछि ठूला करदाता कार्यालयले अनुसन्धान थाल्यो। सो अनुसन्धानले मल्होत्राले शतप्रतिशत भ्याट फिर्ता लिनका लागि बिचौलिया कम्पनी खडा गरेको पत्ता लगाएको हो। साथै सो अनुसन्धानबाट मल्होत्राले आफ्नै कर्मचारी डिल्लीराम खरेलको नाममा हिमालयन इलेक्ट्रोनिक्स दर्ता भएको फेला परेको छ। 

_x000D_ _x000D_

त्यसपछि ठूला करदाता कार्यालयले खरेलमाथि पनि अनुसन्धान थाल्यो। सो अनुसन्धानले एलाइड ट्रेड लिंक इन्टरनेसनल प्रालि नामको नयाँ कम्पनीसमेत रहेको पत्ता लगायो। खरेल यही कम्पनीमा कार्यरत रहेको पनि पुष्टि भयो।

_x000D_ _x000D_

थप अनुसन्धान गर्दा एलाइड पनि मल्होत्राकै रहेको रहस्य खुल्यो। खरेलले यही कम्पनीमार्फत तलब बुझ्दा रहेछन्। 

_x000D_ _x000D_

ठूला करदाता कार्यालयले अनुसन्धानको दायरा बढाउँदै लगेपछि एलाइड र आइएमएसबीच पनि कारोबार रहेको देखियो। आर्थिक वर्ष २०७३/०७४ मा एलाइडले खरिद-बिक्री कारोबार नगरीकनै आइएमएसलाई ९ करोड ८४ लाख ९ हजार ८ सय ८९ रुपैयाँ भुक्तानी गरेको ठूला करदाता कार्यालयले फेला पारेको थियो। 

_x000D_ _x000D_

अनुसन्धानपछि मल्होत्राले शतप्रतिशत भ्याट फिर्ताका लागि थप दुई कम्पनी एलाइड र हिमालयन खडा गरेको पुष्टि भएको दाबी सर्बोच्चमा गरेको छ। 

_x000D_ _x000D_

मल्होत्राको कम्पनी इन्टिग्रेटेड मोबिलिटीले पेस गरेको विवरण खोतल्दा ठूला करदाता कार्यालयले हिमालयन इलेक्ट्रोनिक्ससँग मोबाइल कारोबार नभएको फेला पार्यो। तर हिमालयनले नेपाल इनभेस्टमेन्ट बैंक न्युरोड शाखाबाट सन् २०१७ अक्टोबर २९ मा २० हजार अमेरिकी डलर मल्होत्राको कम्पनी इन्टिग्रेटेडलाई भुक्तानी गरेको भने देखियो। यसैगरी सन् २०१८ जनवरी ११ मा १५ सय अमेरिकी डलर इन्टिग्रेटेड मोबिलिटीको खातामा भुक्तानी गरेको पाइयो। 

_x000D_ _x000D_

हिमालयन इलेक्ट्रोनिक्सले मल्होत्राको आइएमएस कम्पनीसँग मात्र मोबाइल खरिद-बिक्री गर्ने गरेको फेला परेको छ। तर, मल्होत्राको हिमालयनले कारोबार नै नभएको इन्टिग्रेटेड मोबिलिटीलाई रकम भुक्तानी गरेको देखिएपछि थप प्रश्न खडा भयो। 

_x000D_ _x000D_

खरेलको हिमालयन इलेक्ट्रोनिक्समा मल्होत्राको अर्को कम्पनी इन्टिग्रेटेड मोबिलिटीका कर्मचारीहरु शैलेन्द्र शुक्ला, सञ्जय निरौला, पूर्णबहादुर र शिवशक्ति भन्ने व्यक्तिहरुले चेक कारोबार गर्ने गरेको पनि ठूला करदाता कार्यालयले फेला पर्यो। तर, करदाता सेवा कार्यालय बत्तीसपुतलीबाट भ्याट फिर्ता लिँदा खरेल सहभागी नभएको देखियो। भ्याट फिर्ता रकम इन्टिग्रेटेड मोबिलिटीका कर्मचारीले नै लाने गरेको भेटियो। 

_x000D_ _x000D_

ठूला करदाताको यो अनुसन्धानले दीपक मल्होत्राले मोबाइल निर्यातका नाममा राज्यकोषको दोहन गर्दै शतप्रतिशत भ्याट फिर्ता लिन यो प्रपञ्च रचेको पुष्टि हुन्छ। 

_x000D_ _x000D_

कुन कम्पनी कसको?

_x000D_ _x000D_

आइएमएस वर्ल्ड
_x000D_ यो कम्पनी सामसुङ मोबाइलको नेपालको आधिकारिक बिक्रेता हो। यसमा दीपक मल्होत्राको ५१ प्रतिशत शेयर छ। यसबाहेक बाँकी शेयर उनकी श्रीमती सविता मल्होत्रा र छोरा दिकेश मल्होत्राको छ।

_x000D_ _x000D_

इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स प्रालि
_x000D_ यो कम्पनी पूर्ण रुपमा दीपक मल्होत्राको स्वामित्वमा रहेको छ। यो कम्पनीले पनि नेपालमा सामसुङ मोबाइल खरिद-बिक्रीका लागि अनुमति लिएको छ। 

_x000D_ _x000D_

एलाइड ट्रेड लिंक इन्टरनेसनल
_x000D_ यो कम्पनी दीपक मल्होत्राकै स्वामित्वमा छ। मल्होत्राले भ्याट छुटका लागि यो कम्पनीबाट आर्थिक कारोबार गर्ने गर्छन्।

_x000D_ _x000D_

हिमालयन इलेक्ट्रोनिक्स
_x000D_ यो कम्पनीमा डिल्लीराम खरेलको स्वामित्व रहे पनि उनी दीपक मल्होत्राकै एलाइड ट्रेड लिंक इन्टरनेसनलमा कार्यरत कर्मचारी हुन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

मल्होत्रा किन सधैं विवादमा?
_x000D_ मल्होत्रा विभिन्न समय विवादमा आउने गरेका छन्। लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुँदा कार्कीसँग उनको व्यापारिक साझेदारी भएको आरोप लागेको थियो। बानेश्वर हाइटस्थित कार्कीको घर भाडामा लिएर उनले सामसुङ मोबाइलको गोदाम बनाएका थिए। 

_x000D_ _x000D_

भूकम्पपीडितका लागि सहरी विकास मन्त्रालयले खरिद गरेको पालमा समेत मल्होत्राको नाम जोडिएको थियो। सरकारले भारतबाट खरिद गरेको न्यून गुणस्तरको पालमा उनी जोडिएका थिए। तर, अख्तियार प्रमुख कार्की भएकाले  पहुँचको भरमा उनीमाथि मुद्दा चलेन। 

_x000D_ _x000D_

अन्य विभिन्न प्रकरणमा पनि मल्होत्राको नाम जोडिने गरेको छ। उनी सुन तस्करीको आरोपमा जेलमा रहेका व्यापारी विमल पोद्धारका व्यावसायिक साझेदार समेत हुन्।

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०७५  ०९:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
सप्तरीमा आगलागी हुँदा ७ घर जले, एक जना घाइते शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्