काठमाडौं– सिन्धुपाल्चोक कारागार नै जुवा अखडा बनको बारे नेपाल लाइभले समाचार प्रकाशन गरेपछि कारागार व्यवस्थापन विभागले कारबाही प्रक्रिया अघि बढाएको छ।
_x000D_
_x000D_
विभागका निर्देशक कृष्णबहादुर कटुवालले घटनाको अनुसनधान गर्न विभागको टोली सिन्धुपाल्चोक गइसकेको नेपाल लाइभलाई जानकारी दिए। कारागारका नाइके चौकीदार गणेश लामिछाने र मुल नाइके भोला कार्कीलगायत मिलेर कारागार प्रशासन र प्रहरीलाई प्रलोभनमा पारेर कारागारभित्रै जुवा खेल्ने, मादक पदार्थ सेवन गर्ने, कैदीले मोबाइल बोक्ने, कैदीले पाउने सिदामा समेत शोषण गर्ने लगायतका कामहरु गर्ने गरेका थिए।
_x000D_
_x000D_
उनीहरुले तास खेलिरहेको भिडियो नेपाल लाइभले प्रसारण गरेको थियो। (पढ्नुस समाचार– जेलभित्रै जुवाखाल, नाइकेले उठाउँछन् लाखौं)
_x000D_
_x000D_
कारागार व्यवस्थापन विभागले जेलभित्रै जुवातास चल्नुमा कारागारमा खटिएका प्रहरी कर्मचारी र कारागारका कर्मचारीको गल्ती भएको बताएँदै छानबिन सुरु गरिसकेको जनाएको छ।
_x000D_
_x000D_
जुवातास खेल्ने कैदी र खेलाउने चौकीदार नाइकेलाई अन्यत्र जेलमा सार्ने तयारी भइरहेको विभागका निर्देशक कटुवालले जानकारी दिए। त्यसैगरी कैदीले जुवातास खेल्नु र मादक पदार्थ खानुमा कागाराका नासु नवराज सेनको समेत गल्ती औंल्याएको छ। उनीमाथि छानबिन भइरहेको र गम्भीर गल्ती गरेको पाइए निलम्बन गरेर विभागीय कारबाही गरिने र सामान्य गल्ती गरेको देखिएमा सरुवामा गरिने विभागले जनाएको छ।
_x000D_
_x000D_
कागारमा भर्खरै सरुवा भएर गएका सई काशी बुढाको भने घटनामा संलग्नता नदेखिएको विभागले जनाएको छ। विभाग स्रोतले भन्यो, ‘गल्ती सई बुढाभन्दा अघि खटिएका प्रहरीबाट गल्ती भएको देखिन्छ। कारबाही गरिनुपर्ने प्रहरी नै अहिले अवकाश भइसकेछन्।’
_x000D_
_x000D_
त्यसैगरी कारागारको जेलरको रुपमा यादव आचार्य खटिएका छन्। सरकारले उनलाई दोहोरो जिम्मेवारी दिँदा यस्तो भएको स्रोतले जानकारी दिएको छ। ‘उनलाई राजनीतिक वार्ता समितिमा पनि राखिएको छ, जेलरको पनि जिम्मेवारी दिइएको छ। वार्ता समितिमा भएकाले उनी कहिलेकाहीँ मात्रै कारागार जान्थे,’ स्रोतले भन्यो, ‘जसको परिणाम जेलभित्र भद्रगोल भएको देखिन्छ।’
_x000D_
_x000D_
यो पनि- जेलभित्रै जुवातास अखडा : चौकीदारको आम्दानी मासिक ४ लाख
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।