• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

EXCLUSIVE : जेलभित्रै जुवाखाल, नाइकेले उठाउँछन् लाखौं (भिडियोसहित)

64x64
नारायण अधिकारी शनिबार, मंसिर १, २०७५  ०२:४९
1140x725

काठमाडौं– कारागारकोे उद्देश्य कैदीबन्दीलाई सुधार्नु हो, ताकि जेल बसेर छुटेको व्यक्तिले फेरि अपराध नगरोस्। त्यसैले पनि कारागारलाई सुधारगृह भनिँदै आएको छ। तर बिडम्बना, कारागार सुधारगृह नभई आपराधिक थलो बन्न थालेको एउटा तथ्य नेपाल लाइभलाई प्राप्त भएको छ।

_x000D_ _x000D_

फुटबल, भलिबल, ब्याडमिन्टन खेल्न तथा पढ्न–लेख्न कारागारमै पाइन्छ। तर कारागारभित्र जुवातास खेल्न तथा मादक पदार्थ सेवन गर्न पाँइदैन।

_x000D_ _x000D_

समाजलाई पाच्य नहुने यस्ता गलत काम भने कारागारमा रहेका प्रहरी, कारागारका कर्मचारीकै सेटिङ र लापरबाहीमा हुँदै आएको तथ्य फेला परेको छ। 

_x000D_ _x000D_

यसको ज्वलन्त उदाहरण हो, काठमाडौंबाट नजिकै रहेको सिन्धुपाल्चोक कारागार। जहाँका कैदीलाई तासजुवा खेल्न, रक्सी खान, मोबाइल बोक्न र पोर्ट खेल्न छुट छ। 

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb

जेलर यादव आचार्य हप्ताको एकपटक कारागार पुग्ने र ६ दिनको हाजिर गरेर हिँड्ने गरेका छन्। कारागारका नासु नवराज सेन र प्रहरीको सेटिङमा चौकीदार तथा नाइकेहरु मिलेर कारागारमा जुवातास खेलाएर लाखौं रुपैयाँ कमाएका छन्। 

_x000D_ _x000D_

जुवा खेलाएर दसैंमा २ लाख असुली 
_x000D_ अघिपछि फाट्टफुट्ट जुवातास चले पनि दसैंमा भने सिन्धुपाल्चोक कारागारमा क्यासिनोसरह नै जुवातास चलेको स्रोतले नेपाल लाइभलाई बतायो। तास खेलेको भिडियो समेत प्राप्त भएको छ । जुवातास खेलाउने कामको सम्पूर्ण अगुवाइ भने चौकीदार गणेश लामिछाने र मुल नाइके भोला कार्कीले गरेका छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

सिन्धुपाल्चोकको साविकको भोटेचौर गाविस–४ का लामिछाने बलत्कार गरी हत्या गरेको आरोपमा जेल परेका व्यक्ति हुन्। भोजपुर घर भएका मुल नाइके कार्की ठगी र कीर्ते मुद्दामा जेल परेका व्यक्ति हुन्। 

_x000D_ _x000D_

यी दुवैको सेटिङमा कारागारमा कारागार प्रशासन र प्रहरीलाई मिलाएर जुवातास चलेको स्रोतको भनाइ छ। 

_x000D_ _x000D_

कैदीलाई जुवा खेलाउने र यसरी जुवातास खेलाएवापत कार्की र लामिछानेले रकम उठाउने गरेको स्रोतको भनाइ छ । दसैंमा मात्रै कार्की र लामिछाने खालवाला भएर दुई लाख रकम उठाएको कारागार स्रोतले जानकारी दियो।

_x000D_ _x000D_

चौकीदारमा प्रहरीकै निगरानीमा चामल, दाल, तरकारी लिन बाहिर जान छुट हुन्छ। त्यसरी बाहिर गएका उनीहरुले तास लिएर जाने र खेलाउने गरेको स्रोतले जानकारी दियो। 

_x000D_ _x000D_

जुवातास खेलेर हारेपछि रकम तिर्न नसक्नेलाई ढोका थुनेर, झुम्का, वीरगञ्जका कारागारमा सरुवा गर्नेसम्मको धम्की चौकीदार र मुल नाइकेले दिने गरेका छन्।

_x000D_ _x000D_

कैदीका दुई/दुई वटा मोबाइल, दैनिक ५ सय आम्दानी 
_x000D_ कारागारमा बस्ने कैदीले मोबाइल समेत बोक्न पाउँदैनन्। तर सिन्धुपाल्चोक कारागारका केही कैदीलाई भने यो पनि छुट छ। चौकीदार गणेश लामिछाने, मुल नाइके भोला कार्की र भारतीय कैदी सुनिल सिंहले कारागारभित्रै दुई/दुई वटा मोबाइल चलाउँदै आएका छन् ।

_x000D_ _x000D_

उनीहरुका यी मोबाइल व्यक्तिगत प्रयोगका लागि मात्रै होइन, आम्दानीको मुख्य स्रोत पनि बनेको छ। सिन्धुपाल्चोक कारागारका कैदीलाई मोबाइलबाट भिडियो च्याट गराइदिँदै पैसा असुल्ने गरेका छन्। 

_x000D_ _x000D_

त्यस्तै कारागारले उपलब्ध गराएको टेलिफोनबाट समेत चौकीदार र नाइकेले प्रतिमिनेटको ५ रुपैयाँ असुल्दै आएको स्रोतले जानकारी दियो। यसरी उनीहरुले टेलिफोनबाट मात्रै दिनहुँ ५ सय रुपैयाँ आम्दानी गर्ने गरेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

_x000D_ _x000D_

मोबाइलबाटै उनीहरुले फेसबुक, ट्वीटर समेत चलाउने गरेका छन्। यसबारे कारागार मौन छ। 

_x000D_ _x000D_

भिडियो :

_x000D_ _x000D_

_x000D_ _x000D_

तीन दिन ‘रुम प्याक’, नक्कली कागजात बनाई २० हजार असुली
_x000D_ कैदीहरुले खाने दैनिक रासनमा समेत चौकीदार र नाइकेले घोटाला गर्ने गरेको कैदीहरुले बताएका छन्। कैदीहरुलाई राज्यले सिदावापत हरेक महिना १८ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

_x000D_ _x000D_

तरकारीमा तेल, मसलासमेत नहाली, नुनपानी हालेर दिने गरेको कैदीहरुको गुनासो छ।

_x000D_ _x000D_

दाल–तरकारी मिठो भएन भनेर गुनासो गरेका ६६ वर्षीय कैदी किरण स्याङ्तानलाई तीन दिन, तीन रातसम्म मानसिक, शारीरिक यातना दिएर रुमप्याक (कसैसँग बोल्न र भेट गर्न नदिई कोठामा थुन्ने कामसमेत गरेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

_x000D_ _x000D_

यतिमात्रै होइन, चौकीदार र नाइकेहरुको दादागिरी कारागारमा अझ चुलिँदो छ। आफूहरुको सरकारी वकिलसम्मको कनेक्सन भएको भन्दै कैदीबाट रकम उठाएर खाने गरेको पाइएको छ।

_x000D_ _x000D_

चौकीदार र नाइके मिलेर कैद मिनाहा गर्न सरकारी वकिलको कार्यालयबाट कागजात मिलाइदिन्छु भन्दै हस्त तामाङबाट २० हजार रुपैयाँ असुलेको पाइएको छ। गाई मारेको आरोपमा कैद सजाय भोगेका तामाङको नयाँ मुलुकी अपराध संहिताअनुसार कैद भुक्तान भइसकेको थियो। 

_x000D_ _x000D_

सो कुराको जानकारी नभएका तामाङलाई उनीहरुले सरकारी वकिल कार्यालयको नककली कागजात बनाएर २० हजार रुपैयाँ खाएका थिए। 

_x000D_ _x000D_

सामान्यतया बलत्कार, हत्या जस्ता जघन्य अपराधका कैदीलाई चौकीदार तथा नाइके बनाउने चलन छैन। तर चौकीदार बनेका लामिछाने बलत्कार र हत्यामा दोषी ठहर भएर कैद भोगेका व्यक्ति हुन्।

_x000D_ _x000D_

त्यस्तै विदेशी नागरिक चौकीदार, नाइके तथा उनीहरुको सहयोगी बन्न पाउँदैनन्। तर रकम खाएरै भारतीय नागरिक सुनिल सिंहलाई भाइनाइके बनाइएको कारागार स्रोतले जानकारी दियो।

_x000D_ _x000D_

छानविन गर्छौं, प्रमाण पुगे कारबाही गर्छौंः जेलर आचार्य 
_x000D_ कारागारभित्रै जुवातास खेलेको भन्नेबारे आफूलाई कुनै जानकारी नै नभएको सिन्धुपाल्चोक कारागारका जेलर यादव आचार्यले बताए। बाहिर त तास जुवा खेल्न पाँइदैन भने झन् कारागारभित्र खेल्न नपाउने उनको भनाइ छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

तर कैदीहरुले प्रहरी र कारागार प्रशासनसँग सेटिङ मिलाएर कारागारभित्रै जुवा खेलेका छन्। दिनरात कारागारभित्र जुवातास चल्दा समेत कारागार कार्यालय भने कानमा तेल हालेर बसेको छ।

_x000D_ _x000D_

‘२४ सैं घन्टा हामी कारागारमा हुने कुरा पनि भएन। कसरी जुवातास खेले, त्यो हामीलाई जानकारी भएन,’ जेलर आचार्यले भने, ‘तिहारमा खेल्न पाउनुपर्छ भनेर माग भने गरेका थिए। मैले बाहिर त खेल्न मिल्दैन भित्र झन् कहाँ मिल्छ ? भनेर पठाएको थिएँ।’

_x000D_ _x000D_

यसबारे आफूभन्दा पनि प्रहरीको बढी जिम्मेवारी हुने जेलर आचार्यले बताए। ‘हामी त बाहिर बस्छौं। भित्र २४ सैं घन्टा प्रहरी हुन्छ। यदि जुवातास खेलेको हो भने हाम्रो भन्दा पनि प्रहरीको कमजोरी हो,’ उनले भने।

_x000D_ _x000D_

जुवा खेलेको भन्ने सूचना नै आफूले भर्खरै थाहा पाएकाले छानविन गर्ने र प्रमाण पुगेमा कारबाही गरिने प्रतिबद्धता जेलर आचार्यले जनाए।

_x000D_ _x000D_

तर, कायममुकाय प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीसँग राम्रो सम्बन्ध भएकाले जेलर आचार्यले हप्ताको एक पटकमात्रै कारागार गएर हाजिर लगाउने गरेको स्रोतको भनाइ छ।

_x000D_ _x000D_

कारागारको सुरक्षामा अहिले सई काशी बुढा खटिएका छन्। उनले कार्यालयमा हाजिर गरेको १० दिनमात्रै भएको छ। उनले यस घटनाबारे आफूलाई केही थाहा नभएको बताए। ‘म हाजिर भएको १० दिनमात्रै भयो।

_x000D_ _x000D_

जेलरसँग भेटसमेत भएको छैन,’ सई बुढाले थपे, ‘यस्तो घटनाको बारेमा मलाई त केही जानकारी नै छैन। अहिलेबाटै म बुझ्छु र गल्ती देखिएमा तुरुन्त कारबाही गर्छु।’

_x000D_ _x000D_

दसैंको बेलामा कारागारको सुरक्षा असईको कमान्डमा थियो। दसैं–तिहारमा मादक पदार्थ सेवन गर्दा र जुवातास खेल्दाका असईको अहिले अवकाश भइसककेको छ। उनको ठाउँमा अहिले सई बुढा हाजिर भएका हुन्।
_x000D_  

प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  ०२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्