काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक अलगअलग मतपत्र बनाउनुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदनको निर्णय सर्वोच्च अदालतले आज सुनाउने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज यसबारे निर्णय सुनाउने भएको हो।
राष्ट्रिय जनता पार्टी (राजपा) उपाध्यक्ष एवं संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई गत असोज २२ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपत्र अलगअलग बनाउनुपर्ने मागसहित रिट दायर गरेका थिए।
सो निवेदनमाथि असोज २४ गते सुनुवाइ भएर कारण देखाउ आदेश जारी गरी आजका लागि छलफलमा बोलाइएको थियो।
निर्वाचन आयोगले एउटै मतपत्रमा संघको माथि र प्रदेशको तल पर्नेगरी मतपत्रको नमुना तयार गरेको छ। समानुपातिकतर्फको मतपत्र पनि छापिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।