काठमाडौं- माओवादी केन्द्रले मतपत्रसम्बन्धी अदालतमा विचाराधीन मुद्दाको फैसलापछि मात्र सरकारमा बस्ने कि हट्ने भन्ने निर्णय लिने भएको छ।
प्रधानमन्त्रीले अदालतको आदेशमा टेकेर चुनाव सार्ने चलखेल गर्न सक्ने भएकाले अदालतको फैसला पर्खने निष्कर्षमा पुगेको माओवादीका राज्यमन्त्री शम्भुलाल श्रेष्ठले जानकारी दिए।
'हामीले बिहानै सरकार छाड्ने तयारी गरेका थियौं । तर, एकाएक प्रधानमन्त्रीबाट चुनाव सार्ने षड्यन्त्र हुन लागेको सूचना आएपछि पार्टी नेतृत्वको निर्देशनमा रोकियौं', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।