काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले शुक्रबार भेट गरेका छन् ।
भेटमा समसामयिक विषयमा कुराकानी भएको शीतल निवासले जनाएको छ ।
विपक्षी दलहरूले संसद बैठक आव्हानका लागि सरकारलाई दबाब दिइरहेको बेला यो भेट भएको हो ।
सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनका बारेमा राष्ट्रपतिलाई जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ।
तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको पनि जानकारी दिइयो ।
संसद्को अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
यस्तै सातवटै प्रदेशका सभामुख तथा उपसभामुखसहित प्रदेशसभाका पदाधिकारीहरूसँग राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे पनि कुराभयो ।
त्यस अवसरमा राष्ट्रपतिले सरकारले गरेका कामकारबाहीका विषयमा समेत चासो राखेको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।