वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई खसोग्गीको हत्यामा दिइएको चरम यातनाबारेको श्रव्य सामग्री उपलब्ध भएको बताएका छन्। आफूले सो सामग्रीबाट घटनाको अवस्थाको बारेमा जानकारी लिएको तर उक्त सामग्री सुन्नै नसक्ने खालको भएको प्रतिक्रिया दिएका हुन्।
_x000D_
_x000D_
‘यो कसैलाई यातना दिइएको बेला रेकर्ड गरिएको श्रब्य सामग्री हो। यो कठोर क्रियाकलापको प्रत्यक्ष प्रमाण भएकोले यसलाई एक मानवका नाताले आफूलाई सुन्नै कठिन भयो।’, राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले आइतबार लिएको अन्तवार्तामा बताएका छन्।
_x000D_
_x000D_
श्रब्य सामग्रीमा भएका शब्दहरू निकै कठोर, हिंस्रक, क्रुर र डरलाग्दो भएको उनको कथन थियो। आफूलाई सुनाउन खोजिएपनि उक्त सामग्री पूरा सुन्न नसकेको उनले प्रष्ट पारे। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।