काठमाडौं- कम थापा नेतृत्वको राप्रपाका चार मन्त्रीले विभागीय जिम्मेवारी पाएका छन्। सपथ खाएको ४ दिनपछि उनीहरुले मन्त्रालय सम्हालेका हुन्। अध्यक्ष कमल थापाले उपप्रधानसहित उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यस्तै, जयन्त चन्दले आपूर्ति, दीलनाथ गिरीले सहरी विकास र विक्रम थापाले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। राप्रपाले जिम्मेवारी पाएसँगै माओवादीका मन्त्री बिनाविभागीय बनेका छन्।
माओवादीका तर्फबाट सरकारमा उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी कृष्णबहादुर महराले सम्हालेका थिए। यस्तै, जनार्दन शर्माले गृह, गिरिराजमणी पोखरेलले स्वास्थ्य, महेन्द्रबहादुर शाहीले ऊर्जा, शिवकुमार मण्डलले आपूर्ति, टेकबहादुर बस्नेतले सामान्य प्रशासन र आशा कोइरालाले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।