प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका तर्फबाट सरकारमा सहभागी भएकाहरुको जिम्मेवारी खोसेका छन्। प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई विना विभागीय बनाएका हुन्।
प्रधानमन्त्री देउवाले परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय आफैसँग राखेका छन्। राप्रापा अध्यक्ष कमल थापालाई उनले उपप्रधानसहित उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन्।
माओवादीका तर्फबाट सरकारमा उपप्रधानसमाहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी कृष्णबहादुर महराले सम्हालेका थिए। यस्तै, जनार्दन शर्माले गृह, गिरिराजमणी पोखरेलले स्वास्थ्य, महेन्द्रबहादुर शाहीले ऊर्जा, शिवकुमार मण्डलले आपूर्ति, टेकबहादुर बस्नेतले सामान्य प्रशासन र आशा कोइरालाले महिला बालबालिका मन्त्रीको जिम्मेवारी पाएका थिए।
आजै दिउँसो गृहमन्त्री जनार्दन शर्माले चुनाव सार्ने सूचना आएकाले माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने बताएका थिए। गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले निर्वाचन सार्न तयारी गरिरहेको सूचना निर्वाचन आयोगबाट प्राप्त भएकाले सरकार छाड्ने निर्णयमा पुनर्विचार गरिएको बताए।
माओवादी केन्द्रले यसअघि आफ्ना सबै मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको थियो। चुनाव हुने सुनिश्चितता भए मात्र सरकारबाट बाहिरिने शर्माले जनाएका थिए।
यो पनि पढ्नुहोस्ः माओवादी मन्त्रीलाई बिनाविभागीय बनाइने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।