पोखरा- ‘म १७ वर्षको भइसकेँ। तर अहिलेसम्म बाबुको अनुहार देखेको छैन,’ रोशन गुरुङ भन्दै थिए, ‘बाबु नै नभएपछि मैले आमाको नामबाट नागरिकता लिनुको विकल्प छैन। मेरो बाआमा दुवै आमा नै हुनुहुन्छ।’
_x000D_
_x000D_
बाबु बेपत्ता भएपछि गुरुङले उच्च अदालत पोखरामा आमाको नामबाट नागरिकता पाउन रिट दायर गरेका छन्।
_x000D_
_x000D_
पोखरा ९, बसपार्क बस्दै आएका गुरुङले यसअघि पनि आमाकै नामबाट नागरिकता पाउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। तर प्रक्रिया अघि नबढेपछि अदालत नै जानुपरेको उनी सुनाउँछन्।
_x000D_
_x000D_
‘निवेदन पनि दिएको हो। तर कहिले यता जा कहिले उता जा भनेर भुलाए। यत्रो समय बित्दा पनि नागरिकता पाउन सकिनँ,’ उनी भन्छन्।
_x000D_
_x000D_
गुरुङले न कहिले बाबुको अनुहार देखेका छन् न त कसरी र कहाँ बेपत्ता भए भन्ने नै थाहा छ। ‘बाबाबारे मलाई केही थाहा छैन। मैले थाहा पाएदेखि नै आमासँग बस्दै आएको छु। आमासँग पनि बाबाबारे साधेको छैन,’ भावुक हुँदै भन्छन्।
_x000D_
_x000D_
बाबु नभए पनि कानुनतः नागरिकता पाउनेमा उनी ढुक्क छन्। ‘२/३ महिनामा कसो नपाउँला?’ उनलाई लाग्छ।
_x000D_
_x000D_
गुरुङले ०७४ कात्तिक १२ गते जिल्ला प्रशासन कार्यालयमा पनि आमाकै नामबाट नागरिकता पाउन निवेदन पेश गरेका थिए। तर तत्कालीन प्रशासकीय अधिकृत गुरुदत्त ढकालले बाबुको नागरिकता नभएको भन्दै संघीय कानुन बमोजिम हुने हुँदा सोही बमोजिम निवेदकलाई जानकारी गराइदिनू भनि निवेदन फिर्ता पठाइदिएको उनको गुनासो छ।
_x000D_
_x000D_
निवेदनबारे कुनै सुनुवाइ नभएपछि उनले ‘आमा कन्याकुमारी गुरुङको नामबाट नागरिकता पाऊँ’ भनि शुक्रबार उच्च अदालत पोखरामा रिट दायर गरेको बताउँछन्। उनले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा जिल्ला प्रशासन कार्यालय कास्कीलाई प्रतिवादी बनाई रिट दायर गरेका हुन्।
_x000D_
_x000D_
‘मजस्ता आमाको नामबाट नागरिकता लिन चाहने नेपाली नागरिकहरुले आफ्नै देशमा पनि पहिचानको अधिकारबाट वञ्चित भई राज्यविहिन अवस्थामा बाँच्न बाध्य भएको हुनाले आफ्नो मौलिक हक तथा अधिकार प्रचलन गराउन सम्मानित अदालत समक्ष उपस्थित भएको छु,’ रिटमा उल्लेख छ।
_x000D_
_x000D_
गुरुङको पक्षबाट अधिवक्ता सुरेन्द्र थापामगर, अधिवक्ता विष्णु प्रसाद लम्साल, अधिवक्ता कृष्णकुमार श्रेष्ठ र अधिवक्ता पुकार भण्डारीले बहस गर्नेछन्।
_x000D_
_x000D_
नेपालको संविधानको धारा ११ उपधारा २ (ख) मा कुनै पनि व्यक्ति जन्मिँदा निजको बाबु वा आमा नेपाली नागरिक रहेछन् भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने स्पष्ट व्यबस्था रहेको छ भने नागरिकता ऐन २०६३ को दफा ३ को उपदफा १ मा कुनै व्यक्तिको जन्म हुँदा निजको बाबु आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ भन्ने व्यवस्थाले बाबु वा आमालाई परिभाषित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।