बाँके- नेपालगन्ज उपमहानगरपालिका क्षेत्र हर्न निषेधित क्षेत्र (नो हर्न) घोषणा भएको छ।
_x000D_
_x000D_
ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले नेपालगन्ज उपमहानगरभित्र हर्न बजाउन निषेध गरेको छ। नेपालगन्जलाई ध्वनि प्रदूषणमुक्त नगर बनाउने लक्ष्यअनुसार सवारी साधनमा जडान भएको ‘हर्न’ उपमहानगर क्षेत्रमा बजाउन प्रतिबन्ध लगाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए।
_x000D_
_x000D_
उनका अनुसार मङ्सिर महिनाभर अभियान सफल पार्न प्रचारप्रसार गरिनेछ। नेपालगन्जलाई पूर्ण रुपमा हर्न निषेधित नगर घोषणा गर्न मङ्सिर महिना सरोकारवाला र संघ संस्थाको समन्वयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए।
_x000D_
_x000D_
निषेधित क्षेत्र घोषणा गर्दै बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले अभियान सफल पार्न सबैलाई आग्रह गरे। नेपालगन्ज प्रवेश गर्ने नाकामा होर्डिङ बोर्ड राखिने, यातायात समिति, व्यवसायी लगायत सरकारी निकायसँग छलफल गरिएको र नगरलाई हर्न निषेधित क्षेत्र बनाउन अन्य कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
_x000D_
_x000D_
अभियान सुरु भएसँगै अब सवारी साधनले हर्न बजाए रु एक हजार ५ सय जरिवाना गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।