स्तानबुल– टर्कीको स्तानबुलमा हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्गीको स्मृतिमा शुक्रबार अन्त्येष्टि सभा गरिएको छ।
_x000D_
_x000D_
सभामा राजनीतिक व्यक्ति, पत्रकार खसोग्गीका साथीहरू, शुभेच्छुक तथा समर्थकलगायत गरी झण्डै ५ सय जना सहभागी थिए।
_x000D_
_x000D_
विश्वका विभिन्न ठाउँबाट आएका ती व्यक्तिहरू फतिह मस्जिदमा भेला भएका थिए। उनीहरुले पत्रकार खशोग्गीलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए।
_x000D_
_x000D_
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दाआनका वरिष्ठ सल्लाहकार यासिन अक्तायले अन्त्येष्टि सभामा बोल्दै हत्या गरिएका पत्रकार जमाललाई न्याय दिन आह्वान गरे।
_x000D_
_x000D_
साउदी पत्रकार खशोग्गी कामको सिलसिलामा इस्तानबुल आएका बेला गत अक्टोबर २ तारिखका दिन हत्या भएको थियो। उनको शवसमेत अहिलेसम्म बेपत्ता रहेको छ।
_x000D_
_x000D_
स्तानबुलका प्रमुख अभियोक्ताका अनुसार पत्रकार खशोग्गीको शव बेपत्ता पारेर नष्ट गरिसकिएको छ।
_x000D_
_x000D_
बिहीबार मात्रै साउदी अरबका सार्वजनिक अभियोक्ताले पाँच जनालाई यस घटनामा दोषी रहेको दाबी सहित मृत्युदण्ड दिन माग गरेका थिए। सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।