काठमाडौं- नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने वातावरण बनाई दिन राष्ट्रिय मानव अधिकार आयोगसँग आग्रह गरेको छ।
_x000D_
_x000D_
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले राज्यले प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रताको हनन् गर्दैै लगेको उल्लेख गर्दै त्यसको उपभोग गर्ने वातावरण बनाइदिन आयोगसँग आग्रह गरेका हुन्।
_x000D_
_x000D_
शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगले ललितपुरमा आयोजना गरेको ‘अभिव्यक्ति स्वतन्त्रताको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीय सरकारले नयाँ मुलुकी ऐन र स्थानीय तथा प्रदेश सरकारले कानुन बनाएर प्रेसलाई अकुंश लगाउने काम गरिरहँदा पनि आयोगले केही गर्न नसकेको गुनासो गरे। पत्रकारहरुमाथि लेख्नसमेत नदिने गरी राज्यले कानुननै निर्माण गर्न थालेपछि आफूहरुलाई न्याय दिन आयोगसँग आग्रह गर्नुपरेको अध्यक्ष आचार्यको भनाइ छ।
_x000D_
_x000D_
यता, राष्ट्रिय मानव अधिकार आयोगले भने प्रेससम्बन्धी छुट्टै संयन्त्र बनाएर पत्रकारहरुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धि अधिकार उपभोगका लागि आवश्यक वातावरण बनाउन लागिएको जनाएको छ। आयोगका अध्यक्ष अनुपराज शर्माले प्रेसमाथि अंकुश लाग्न नदिने गरी छुट्टै संयन्त्र बनाउने गरी ड्राफ्ट तयार पारिएको उल्लेख गर्दै त्यसमा आवश्यक सुझाव दिन पनि महासंघलगायतका सरोकारवाला निकायसँग आग्रह गरे।
_x000D_
_x000D_
नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथि हनन् हुनेगरी मुलुक ऐन कार्यान्वयनमा ल्याएको भन्दै सरकारको चर्को आलोचना गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।