दार्चुला– भारतको पिथौरागढमा निर्वाचनका कारण नेपाल–भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङ्गे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ।
_x000D_
_x000D_
धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
_x000D_
_x000D_
नोबेम्बर १८ (मंसिर २ गते) का दिन बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म भारतको पिथौरागढ जिल्लाअन्तर्गत स्थानीय निकायको निर्वाचन हुँदैछ। सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ४८ घन्टाका लागि पुल बन्द गर्ने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए।
_x000D_
_x000D_
निर्वाचनलाई लक्षित गरी आज बेलुकी ५ बजेदेखि मङ्सिर २ गतेसम्म निर्वाचनलाई मध्यनजगर गरी पुल बन्द हुने भएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।