भक्तपुर– भक्तपुर नगरपालिका बजार अनुगमन समितिले बिहीबार भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल अनुगमन गर्दा अधिकांश पसल दर्ता बिना अवैध रुपमा सञ्चालित भएको पाइएको छ।
_x000D_
_x000D_
समितिका संयोजक एवम् वडा नम्बर ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलविनायक, लान्चाफल्चा (भत्केको पाटी) र च्याम्हासिंहमा रहेको औषधि पसल अनुगमन गर्दा कुनै पनि पसल दर्ता नभई सञ्चालन गरेको पाइएको हो। अनुगमनको क्रममा अनमोल फर्मेसी औषधि बिक्रीकर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेका औषधि टि–फोर ८५० एमजी र ५०० एमजीको भेटिएको, सिसी क्यामेराको अनुमतिपत्र नभएको, स्वीकृतिबिना क्लिनिक सञ्चालन गरेको पाइएको छ।
_x000D_
_x000D_
अनुगमनको क्रममा पार्वती फर्मेसीमा औषधि बिक्रीकर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि भि–मेट ८५० एमजी र ५०० एमजीको र एमलोड एक पाकेट, माइलोड दुई पाकेट भेटिएको छ।
_x000D_
_x000D_
अनुगमनमा सुवेदी फर्मेसी औषधि बिक्रीकर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेका औषधिका बट्टाहरुमा म्याद भएका औषधि राखी बिक्री गरेको पाइएको छ।
_x000D_
_x000D_
अनुगमनको क्रममा विश्वास फर्मेसी एण्ड क्लिनिकमा औषधि बिक्रीकर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेका औषधिहरु कोल्डिन–२ वटा, ओजुस–२ वटा, विदेक्स ६ वटा, प्रिभिडिन ९ वटा भेटिएको छ। च्याम्हासिंह मेडिकल हल पसल नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि न्यूरोन ५ ट्यावलेट, फल्यूइम १५० को ४ ट्याबलेट भेटिएको छ।
_x000D_
_x000D_
सबै पसललाई तीन दिनभित्र दर्ता गर्न, स्वीकृति लिएर मात्र क्लिनिक पसल सञ्चालन गर्न, अनुमतिपत्र भएको व्यक्तिले मात्र पसल सञ्चालन गर्न निर्देशन दिइएको छ भने म्याद नाघेका औषधि र म्याद नाघेका अन्य सामान पनि जफत गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।