लन्डन– ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका एक जना मन्त्रीले राजीनामा दिएका छन्।
_x000D_
_x000D_
युरोपेली युनियनबाट बेलायतको बहिर्गमन अर्थात् ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले आफ्नै सरकारले बनाएको ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। उनले मस्यौदालाई आफूले समर्थन गर्न नसक्ने बताउँदै पदबाट राजीनामा दिएको बताइएको छ।
_x000D_
_x000D_
यसअघिका मन्त्री डेभिड डेभिसले राजीनामा दिएपछि राब केही महिना अगाडि ब्रेक्जिट मामिला मन्त्रीमा नियुक्त भएका थिए।
_x000D_
_x000D_
उनीसहित अन्य मन्त्रीले पनि त्यो मस्यौदाप्रति असहमति जनाएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। अहिलेको ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउने वरिष्ठ मन्त्रीमध्ये उनी एक हुन्।
_x000D_
_x000D_
यसअघि यही सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै शैलेश वाराले उत्तरी आयरल्याण्डको राज्यमन्त्री पदबाट राजीनामा दिएका थिए। सम्झौताले बेलायतलाई आधा बाटोमा छोड्ने र सार्वभौम राष्ट्र बन्नबाट रोक्ने वाराको बुझाई छ।
_x000D_
_x000D_
राब र वाराको राजीनामासँगै मन्त्रिपरिषद्का अन्य सदस्यलाई पनि राजीनामा दिने दबाव परेकाले मन्त्रिपरिषद् नै अप्ठ्यारोमा पुगेको छ।
_x000D_
_x000D_
तर प्रधानमन्त्री थेरेसा मेले भने ब्रेक्जिट सम्झौताको मस्यौदालाई आफ्नो मन्त्रिपरिषद्ले समर्थन गरेको र राष्ट्रको हितमा रहेको दाबी गरेकी छिन्।
_x000D_
_x000D_
लामो समयदेखिको पटकपटकका छलफलपछि युरोपेली सङ्घबाट बेलायत बाहिरिनेसम्बन्धी सम्झौताको मस्यौदा बेलायतको मन्त्रिपरिषद्ले बुधबार पारित गरेको हो।
_x000D_
_x000D_
महिनौँदेखि अन्योलमा रहेको सम्झौताबारे बेलायतको मन्त्रिपरिषद्ले पारित गरेको ब्रेक्जिट सम्झौतासम्बन्धी मस्यौदालाई अन्तिमरूप दिन अब २७ सदस्य रहेको ईयूका नेताहरूको शिखर बैठक बोलाइने छ।
_x000D_
_x000D_
यही महिना हुने अनुमान गरिएको उक्त शिखर बैठकले यो सम्झौता अनुमोदन गर्नुपर्नेछ। त्यसपछि पनि सो सम्झौतालाई बेलायतको संसद तथा युरोपेली संसदबाट पारित गर्नुपर्नेछ। यी प्रक्रियाहरू पूरा गरेपछि सन् २०१९ को मार्च महिनामा बेलायत औपचारिकरूपमा यरोपेली सङ्घबाट बाहिरिने छ। रासस/एएफपी/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।