काठमाडौं– नगरकोटका व्यापारीहरुले दोहोरो पर्यटन शुल्क तत्काल खारेज गर्न माग गर्दै बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
_x000D_
_x000D_
नगरकोट आउने पर्यटकहरुलाई निरुत्साहित गर्ने गरी दोहोरो पर्यटन शुल्क स्थानीय सरकारले लिन थालेको भन्दै स्थानीय व्यापारीहरुले तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। स्थानीय निकायले पर्यटकहरुमाथि ‘लुटेरा शैली’मा दोहोरो पर्यटन शुल्क लिएपछि पर्यटन व्यवसाय नै समस्यामा परेकाले समाधानका लागि सरकारलाई दबाव दिन प्रदर्शन गर्नुपरेको स्थानीय व्यापारी गोकुल शर्माले जानकारी दिए।
_x000D_
_x000D_
चाँगुनारायण नगरपालिका र मण्डन–देउपुर नगरपालिका दुवैले पर्यटकहरुलाई शुल्क लिन थालेपछि त्यहाँ पर्यटकहरु नजाने वातावरण बनेको स्थानीय व्यापारीहरुको भनाइ छ। व्यापारी शर्माले पर्यटक आकर्षण गर्नका लागि सरकारले पूर्वाधार विकासमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराए।
_x000D_
_x000D_
पर्यटकहरुलाई भगाउने खालका गतिविधि स्थानीय सरकारले गरेपछि त्यसको विरोध गर्नुपर्ने अवस्था आएको नगरकोटका अर्का व्यापारी योगेन्द्र शाक्यले बताए। उनले दोहोरो शुल्क लिएर पर्यटकहरु भगाउने काम गरे त्यो कसैको पनि हितमा नहुने चेतावनी समेत दिए।
_x000D_
_x000D_
स्थानीय व्यापारीहरुले पर्यटकहरुको आगमनलाई सहज बनाउन पूर्वाधार अन्तर्गत पर्यटक बसपार्क, सार्वजनिक शौचालय निर्माण गर्न पनि सरकारलाई पटक–पटक आग्रह गर्दै आएको बताए। तर, त्यसको सुनुवाइ नभएको पनि स्थानीय व्यापारीको गुनासो छ। उनीहरुले दोहोरो पर्यटन शुल्क लिने काम स्थानीय तहले तत्काल बन्द नगरे नगरकोटमा पर्यटकहरु नआउनेतर्फ पनि सचेत गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।