काठमाडौं– काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड बिहीबार एक घन्टा बन्द गराइएको छ।
_x000D_
_x000D_
धुवाँधुलो तथा प्रदुषण बढेको तथा सडकमा खाल्डाखुल्डीका कारण यात्रा आवागमनमा असहजता भएको भन्दै स्थानीयले सो सडक खण्ड करिब एक घन्टा बन्द गराएका हुन्। सडक विस्तारको नाममा स्वास्थ्यमाथि खेलबाड भएको भन्दै धुवाँधुलो, खाल्डाखुल्डी तत्काल नियन्त्रण गर्न सरकारलाई दबाव दिन आफूहरुले सडक नै अवरुद्ध गर्नु परेको स्थानीय समिर महर्जनले बताए।
_x000D_
_x000D_
यो सडक खण्डबाट हुने प्रदुषणका कारण स्थानीय मारमा पर्दा पनि त्यसको व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै स्थानीयले सरकारले चर्को आलोचना समेत गरेका छन्। रवि भवनमा व्यापार गर्दै आएका महर्जनले धुवाँधुलोकै कारण आफूहरुको व्यापारमा समेत गिरावट आएको गुनासो गरे।
_x000D_
_x000D_
सडक खाल्डो पार्ने तर समयमै निर्माण नगर्ने गरेका कारण सवारी दुर्घटनामा पनि वृद्धि भएको भन्दै अर्का व्यापारी मनोज आचार्यले भने, ‘सडकको निर्माणमा ढिलाइ नगर्न सरकारलाई दबाव दिन आफूहरुले सडक बन्द गरेका हौं।’
_x000D_
_x000D_
स्थानीयले सडकको उचित व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग पनि पटक–पटक सम्झौता गरिसकेका छन्। तर, त्यसको पालना नभएको स्थानीयको गुनासो छ। सडक कालोपत्रे गर्ने, ढल व्यवस्थापनलगायतको काम तत्काल सम्पन्न नभए सो सडक खण्ड अनिश्चतकालसम्म बन्द गर्ने स्थानीयको चेतावनी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।