प्याराडाइज(अमेरिका)– अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तिमा ५० पुगेको छ। अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्।
_x000D_
_x000D_
उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि प्रयास जारी राखेता पनि प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन।
_x000D_
_x000D_
खोजीका क्रममा थप ८ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या ५० पुगेको काउन्टीका प्रहरी अधिकारी सेरिफ कोरी होनेआले बताएका छन्। यसअघि ४२ व्यक्तिको मृत्यु भएको बताइएको थियो।
_x000D_
_x000D_
अमेरिकी सञ्चारमाध्यमले विभिन्न स्रोत उल्लेख गरी अझै पनि १ सयभन्दा बढी व्यक्ति बेपत्ता रहेको जनाएका छन्। बेपत्ता व्यक्तिको खोजी, उद्धार र आगो निभाउने कार्यमा हजारौं अग्नि नियन्त्रकहरु परिचालन गरिएका र उनीहरुले आफ्नो ज्यानको बाजी लगाएर उद्धार कार्य जारी राखेको सञ्चार माध्यमहरुले समाचार प्रकाशित गरेका छन्।
_x000D_
_x000D_
सो जङ्गलमा विगत लामो समयदेखि आगो लागिरहेको थियो। समय–समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जङ्गलको डढेलो नियन्त्रणमा आउन सकेको छैन। डढेलोबाट खासगरी जङ्गलको आसपास बसोबास गर्नेहरु सबैभन्दा बढी प्रभावित भएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।