बुटवल– लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालय, मेरठबीच शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता भएको छ।
_x000D_
_x000D_
स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालयका उपकुलपति एन के अहुजा र लुम्बिनी बौद्ध विश्वविद्यालयका कार्यवाहक उपकुलपति तथा रजिष्ट्रार तीलक आचार्यले सम्झौता पत्रमा बुधबार हस्ताक्षर गरेका हुन्।
_x000D_
_x000D_
कार्यवाहक उपकुलपति आचार्यले विश्वका थुप्रै विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको र स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालयसँग भएको सम्झौताले लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक वातावरणमा योगदान गर्ने विश्वास व्यक्त गरे।
_x000D_
_x000D_
उनले स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालयसँगको सम्झौताले आफूहरु मात्र नभएर नेपालको बौद्ध अध्ययन शिक्षालाई पनि गुणस्तरीय बनाउने अपेक्षा गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।