काठमाडौं- रेखा थापाको नयाँ फिल्म 'रुद्रप्रिया'को राजधानीमा सोमबार प्रिमियर सो भएको छ। रेखा, आर्यन सिग्देल र राजन इशान स्टारर 'रूद्रप्रिया'को प्रिमियरमा सहभागी अधिकांशले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन्।
सहभागीले फिल्मको कथा र अभिनयले मन जितेको प्रतिक्रिया दिएका छन्।
फिल्मको प्रिमियरमा नेपाली सिनेवृत्तका अधिकाशं चर्चित अनुहार पुगेका थिए।
‘रुद्रप्रिया’ हेर्न दयाहाङ राई, केकी अधिकारी, रिमा विश्वकर्मा, नीता ढुंगाना, आमेष भण्डारी, शोभित बस्नेत, अनुभव रेग्मी, खुश्वु खड्का, शिल्पा पोखरेल, छविराज ओझा, हेमराज विसी, रोहित अधिकारी लगायतका व्यक्ति कुमारी हल पुगेका थिए।
८ वर्षपछि आर्यन र रेखा एकसाथ पर्दामा रोमान्टिक जोडीका रूपमा फर्किएका कारण फिल्मलाई लिएर विशेष चासो थियो। फिल्म कार्तिक २ गते रिलिज हुँदैछ।
फिल्मका निर्देशक सुदीप बबी भूपाल सिंह हुन्। हरेक फिल्ममा नारी विषयदाई केन्द्र बनाउँदै आएकी रेखाले यसपटक आफ्नो होमप्रोडक्सनमा एसिड प्रहारलाई फिल्मको कथा बनाएकी छन्। रिभेन्ज लभस्टोरीमा आधारित फिल्ममा रेखालाई यसअघिका सम्पूर्ण फिल्महरूभन्दा पृथक शैलीमा देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।