काठमाडौं– राप्रपा अध्यक्ष कमल थापाले गृहमन्त्रीको दाबी गरेका छन्। शनिबार उपप्रधानमन्त्री तथा बिना विभागीय मन्त्रीका रुपमा समथ लिएका उनले मंगलबार सरकारबाट बाहिरिएसँगै उनले गृहमन्त्रीको दाबी गरेका हुन्।
‘माओवादीले सम्हालेका मन्त्रालयहरुबाटै जिम्मेवारी लिने कुरा भएको छ,’ थापासँगै बिना विभागीय मन्त्रीको सपथ लिएका दिलनाथ गिरीले भने, ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति र हाम्रो पार्टी अध्यक्ष बसेर छिट्टै मन्त्रालयको जिम्मेवारी टुंगो लगाउनुहुन्छ।’
माओवादी सरकारबाट बाहिरिएसँगै गृह, परराष्ट्र, ऊर्जा, सहरी विकास, स्वास्थ्य, आपूर्ति लगायतका मन्त्रालय खाली हुनेछन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीमुक्त गरी बिना विभागीय मन्त्री बनाउने तयारी थालेसँगै माओवादी सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।