काठमाडौं– नेपाल प्रहरीले सूचना प्रविधिमा उत्कृष्ट कार्य गर्ने सरकारी संस्थालाई जापानस्थित एसियन–ओसियानिअन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एएसओसिआइओ)द्धारा प्रदान गरिने ‘एसोसिओ २०१८ डिजिटल गभर्मेन्ट अवार्ड’ प्राप्त गरेको छ। एसियाली र ओसिनिया राष्ट्रहरुमा यो अवार्ड सूचना प्रविधि क्षेत्रकै अत्यन्त प्रतिष्ठित अवार्ड मानिन्छ।
_x000D_
_x000D_
जापानको टोकियोस्थित ‘ए एन ए इन्टरनेसनल होटेल’मा कात्तिक २२ गते आयोजित एसोसिओ समिटमा कम्युटर एसोसियसन नेपाल महासंघका कार्यकारी सदस्य डा अभिजित गुप्ताले एसोसिओका अध्यक्ष डेभिट ओङबाट उक्त अवार्ड ग्रहण गरी बुधबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
_x000D_
_x000D_
उक्त संस्थाले एसोसिओ उत्कृष्ट कम्पनी, उत्कृष्ट युजर अर्गनाइजेसन, डिजिटल गभर्मेन्ट र आइसिटी एजुकेसन गरी ४ विधामा पुरस्कार प्रदान गरेको थियो। सदस्य राष्ट्रहरुबीच आइसिटी इन्डस्ट्रीलाई प्रबद्र्धन गर्दै आपसी तथा व्यापारिक सम्बन्ध बलियो बनाउने उद्देश्यले जापानमा सन १९८४ मा एसोसिओको स्थापना भएको हो।
_x000D_
_x000D_
एसोसिओमा एसियाली र ओसिनियाका २४ राष्ट्रका १० हजारभन्दा बढी आइसिटी कम्पनी आबद्ध छन्। यसअघि २०७५ भदौ १ गते लिभिङ विथ आइसिटीको आयोजनामा ‘नेटगियर आइसिटी अवार्ड २०१८’ अन्तर्गत नेपाल प्रहरीले ‘डिजिटल गभर्नेन्स अवार्ड २०१८’ प्राप्त गर्न सफल भएका थिए।
_x000D_
_x000D_
सूचना प्रविधिको उच्चतम प्रयोग गरेको आधारमा नेपाल प्रहरीले उक्त अवार्ड प्राप्त गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।