एजेन्सी- श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपाक्षे संसदमा बहुमत प्राप्त गर्न असफल भएका छन्।
_x000D_
_x000D_
सर्वोच्च अदालतको आदेशपछि बुधबार संसदको बैठकमा मतदान भएको थियो। मतदानमा राजपाक्षेको विपक्षमा अधिक मत परेको हो।
_x000D_
_x000D_
सभामुख कारु जयसूर्याले राजपाक्षेविरुद्ध अविश्वास प्रस्तावका पक्षमा बहुमत पुगेको जनाएको एएफपीले जनाएको छ। श्रीलंकामा २ सय २५ जना सांसद छन्।
_x000D_
_x000D_
अक्टोबर २६ मा सिरिसेनाले रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै राजपाक्षेलाई प्रधानमन्त्री बनाएका थिए। त्योसँगै श्रीलंकामा राजनीतिक संकट बढेको थियो।
_x000D_
_x000D_
विक्रमासिंघेले आफूसँग बहुमत रहेको भन्दै वैधानिक प्रधानमन्त्री भएको दाबी गर्दै आएका थिए। उनको दलले राष्ट्रपतिको कदमलाई अवैधानिक भन्दै आएको थियो।
_x000D_
_x000D_
तर, राजपाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि नयाँ प्रधानमन्त्री को हुने भन्ने प्रश्न उठेको छ। संसदमा राजपाक्षेको विपक्षमा मत आउनले विक्रमासिंघे स्वतः प्रधानमन्त्री बनाउने बाटो भने खोल्ने देखिँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।