स्कोपये– प्रहरीको खोजीको सूचीमा रहेका मेसेडोनियाका पूर्व प्रधानमन्त्री निकोला ग्रुएस्कीले आफू हङ्गेरीमा रहेको र राजनीतिक शरणका लागि हङ्गेरी सरकारसँग अनुरोध गरिरहेको जानकारी मङ्गलबार दिएका छन्। 
_x000D_
_x000D_
प्रधानमन्त्री रहँदा शक्तिको दुरूपयोग गरेको आरोपमा उनलाई दुई वर्षको जेल सजाय तोकिएको छ। अदालतको निर्णयअनुसार जेल सजाय व्यतित गर्नको सट्टा विदेश भागेको भन्दै प्रहरीले उनलाई खोजीको सूचीमा राखेको छ।
_x000D_
_x000D_
मेसेडोनियाका अधिकारीले ४८ वर्षीय पूर्व प्रधानमन्त्री ग्रुएस्कीले आफूलाई सुरक्षाकर्मीसँग उपलब्ध नगराएपछि सोमबार पक्राउका लागि खोजीको सूचीमा राखेको थियो।
_x000D_
_x000D_
 ग्रुएस्कीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, 'म अहिले बुढापेष्टमा छु, मैलै हङ्गेरीका अधिकारीहरूसँग राजनीतिक शरणका लागि अनुरोध गरिरहेको छु। (रासस/एएफपी)
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।