• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राजदूत सिफारिस भएका आचार्यलाई उमेर हदको पासो

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २८, २०७५  ०२:३६
1140x725

काठमाडाैं- विगत एक वर्षदेखि रिक्त रहेको भारतका लागि नेपाली राजदूतमा सरकारले पूर्व कानुनमन्त्री निलाम्बर आचार्यलाई सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतका लागि नेपालको राजदूतमा आचार्यको नाम प्रस्ताव गरेको हो। तर, सरकारको यस निर्णयप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै टिकाटिप्पणी सुरु भएको छ। खासमा प्रस्तावित आचार्यको नामका हकमा टिप्पणीको मुख्य विषय उनको उमेरलाई बनाइएको छ।

_x000D_ _x000D_

प्रश्न उठेको छ– उमेरले ७० काटेका आचार्यले नजिकको छिमेकी राष्ट्र भारतमा नेपाली राजदूतको भूमिका प्रभावकारी ढङ्गबाट निर्वाह गर्न सक्लान् त?

_x000D_ _x000D_

पूर्व परराष्ट्रमन्त्री समेत रहिसकेका नेकपाका एक नेताले राजदूत नियुक्तिकोे विषयमा मापदण्ड बनाइँदा उमेर हद पनि राखिनुपर्नेमा त्यसो नभएको बताउँछन्। ‘समयक्रमसँगै उमेर बढ्दै जाँदा मानिसको स्मरणशक्ति र कार्यसम्पादन गर्ने क्षमतामा ह्रास आउँदै जान्छ। देशको प्रतिनिधित्व गर्ने राजदूत जस्तो गरिमामय पदमा नियुक्ति र सिफारिस गर्दा उमेरको ख्याल गर्नुपर्थ्यो’, उनले भने।

_x000D_ _x000D_

सरकारले गत असारमा राजदूत नियुक्तिसँग सम्बन्धित मापदण्ड लागू गरेको थियो।

_x000D_ _x000D_

प्रस्तावित राजदूत आचार्यको कूटनीतिक क्षमता र विद्वताका विषयमा सन्देह नभए पनि उनको उमेरका कारण उनी भारतका लागि राजदूतमा उपयुक्त पात्र नभएको आलोचकहरुको मत छ। एक पूर्वराजदूतले भारतजस्तो गतिशिल देशमा नेपालका लागि जुझारु राजदूत पठाउनु पर्नेमा सरकारले आचार्यलाई राजदूतमा सिफारिस गर्नु अनपयुक्त भएको बताए। ‘मेरो व्यक्तिगत रुपमा आचार्यसँग कुनै वैमनस्यता नभए पनि उहाँलाई भारतको राजदूतका रुपमा गरिएको सिफारिस उपयुक्त छैन भन्ने मेरो बुझाइ हो’, उनले भने, ‘आचार्य श्रीलंकाको राजदूत पनि भइसकेको व्यक्ति भएकाले कूटनीति र विदेश नीति कसरी सञ्चालन हुन्छ भन्ने विषयमा भने पूर्णरुपमा जानकार हुनुहुन्छ। त्यसले पनि भारतका राजदूतले सम्पादन गर्नुपर्ने कामहरु कति गतिशिल हुन्छन् र त्यसलाई प्रभावकारी बनाउन कति मेहनत गर्नुपर्छ हामीले भनिराख्नु पर्दैन।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

राजदूतमा सिफारिस आचार्य नेपाल–भारत बीचको १९५० को शान्ति तथा मैत्री सन्धि तथा अन्य असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न गठित प्रबुद्ध व्यक्तिहरुको समुह (इपिजी)को नेपालतर्फका एक सदस्य हुन्। दुई वर्षे समय सीमासहित गठित उक्त समूहको गत असार १६–१७ मा बसेको नवौँ बठैकबाट साझा प्रतिवेदन तयार गरिएको थियो। काठमाडौँमा बसेको बैठकबाट पारित साझा प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाई सार्वजनिक गर्ने बताइए पनि हालसम्म सो कार्यले मूर्त रुप पाउन सकेको छैन। आचार्यलाई राजदूतमा सिफारिस गर्नुमा इपिजी प्रतिवेदन कार्यान्वयनसँग जोडेर पनि हेरिएको छ।

_x000D_ _x000D_

नेकपा विदेश विभागका एक सदस्यले आचार्य कुनै पनि कुरामा प्रतिवाद नगर्ने र लाए/अराएको काम गर्ने सजिलो व्यक्ति भएकाले नै राजदूतमा सिफारिस भएको तर्क गरे। इपिजी सदस्यमा कांग्रेस कोटाबाट मनोनित भएका उनलाई राजदूतमा सिफारिस गर्न प्रधानमन्त्री स्वयम् र उनी निकटका व्यक्ति लागिपरेको उनको दाबी छ। उनले भने, ‘राजदूतको दौडमा खासै नलागेका आचार्यको नाम सिफारिस हुनु आश्चर्यकै विषय हो।’

_x000D_ _x000D_

यस्तै, परराष्ट्र मन्त्रालयका पूर्वअधिकारी तथा फ्रान्सका लागि नेपालका पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले भने उमेरले कूटनीतिक प्रक्रियालाई असर नपार्ने विचार व्यक्त गर्छन्। ‘कतिपय अवस्थामा युवाहरुमा कूटनीतिक रुपमा कार्यसम्पादन गर्न प्रयाप्त ज्ञानको अभाव देखिन्छ, यस्तो अवस्थामा उमेरले परिपक्क भएका मानिसलाई नै राजदूत नियुक्त गर्दा त्यसले देशलाई फाइदा नै गर्छ’, श्रेष्ठ भन्छन्।

Xtrem
Xtrem
_x000D_ _x000D_

भारतका लागि राजदूतमा पूर्व सेनापति राजेन्द्र क्षेत्री, पूर् परराष्ट्रमन्त्री महेन्द्र पाण्डे र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको नाम चर्चामा भए पनि आचार्यको नाम प्रस्ताव भएको हो। क्षेत्रीको नाम पूर्व निर्वाचन आयुक्त निलकण्ठ उप्रेति सिफारिसमा पर्नुअघि चर्चामा थियो भने पाण्डे र रिमालको नाम आचार्य सिफारिसमा पर्नुअघि चर्चामा थियो।

_x000D_ _x000D_

यसअघि भारतका लागि नेपालको राजदूत पदमा रहेका दीपकुमार उपाध्यायले गएको संघीय निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गर्न राजीनामा दिएका थिए। उपाध्यायको राजीनामासँगै उक्त पद खाली रहँदै आएको थियो। उनी राजदूत नियुक्त हुनुअघि परराष्ट्र अधिकारी खगनाथ अधिकारी र कृष्णप्रसाद ढकालले कार्यवाहक राजदूतका रुपमा भूमिका निर्वाह गर्दै आएका थिए। त्यसअघि दुर्गेशमान श्रेष्ठ भारतका लागि राजदूत थिए।

_x000D_ _x000D_

विभिन्न समयमा गरी लामो अवधिका लागि भारतजस्तो महत्वपूर्ण देशमा राजदूत पद रिक्त हुँदा नेपाललाई भारतका लागि राजदूत पद नै नचाहिएको हो कि भन्ने प्रश्न उठ्ने गरेको छ। केही समयअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक अन्तवार्ताका क्रममा भारतका लागि राजदूत नियुक्त गर्न उपयुक्त पात्र नै नभेटिएको प्रतिक्रिया दिएका थिए।

_x000D_ _x000D_

तर, आचार्यको नाम सिफारिस भएसँगै सरकारले सक्रिय रहनसक्ने भन्दा पनि बिदा मनाउन जाने खालको व्यक्ति चयन गर्न खोजेको पुष्टि भएको नेकपाका एक नेताले आरोप लगाए। उनले कटाक्ष गर्दै भने, ‘सरकारले सक्रियरुपमा काम गर्ने भन्दा पनि निस्क्रिय रही, त्यसमाथि बिदा मनाउन जाने खालका व्यक्ति खोजेकाले राजदूतका लागि उपयुक्त पात्र नभेटिएको बल्ल आएर थाहा लागेको छ।’
_x000D_  

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  ०२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्