ललितपुर– यो वर्षको कार्तिक नाच सोमबार साँझदेखि ललितपुरको कार्तिक डबलीमा सुरु भएको छ।
_x000D_
_x000D_
३ सय ७८ वर्ष पुरानो साँस्कृतिक महत्व बोकेको कार्तिक नाच १२ दिनसम्म नियमित रुपमा देखाइनेछ।
_x000D_
_x000D_
पहिलोपटक पाँच दिन देखाइने गरी सुरु भएको इतिहासमा उल्लेख छ। मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कार्तिक नाच भनिँदै आइएको छ।
_x000D_
_x000D_
यो नाचमा पछि उनका छोरा श्री निवास मल्लले बाथः प्याँख(लोक नाटक) १० दिन थपेर १५ दिनको पुर्याएको मानिन्छ।
_x000D_
_x000D_
यसै नाचलाई श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषा हरण तथा माधव वानल लीला थपेर कार्तिक महिनाभरि २७ दिन सञ्चालन गरिएको इतिहासमा उल्लेख छ।
_x000D_
_x000D_
२७ दिनसम्म देखाइने यो नाचमा भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित रहेर बेग्लाबेग्लै नाच नदोहोर्याइ देखाइन्छ।
_x000D_
_x000D_
विशेष गरी विष्णु पुराणमा आधारित भएर नृत्य गर्दै नाटक मञ्चन गरे जसरी भिन्न भिन्न पात्रको प्रस्तुति नै कार्तिक हो।
_x000D_
_x000D_
कार्तिक नाचको प्रमुख र विशेष नाच नृसिंह अवतारमा हिरण्य कश्यपुलाई नृसिंहले बध गरिने नाच यो वर्ष मंसिर ५ गते देखाइने कार्तिक नाच संरक्षण समितिले जनाएको छ।
_x000D_
_x000D_
अन्य नाच बेलुका ७ बजे सुरु गरिन्छ भने विष्णु पुराणमा आधारित यो नाच भने मध्यरातमा प्रर्दशनी हुने गरेको छ।
_x000D_
_x000D_
कार्तिक नाच पहिला एक महिना देखाउँदै आए पनि आर्थिक अभावका कारण बीचमा एक सातामात्रै देखाउन थालेको थियो।
_x000D_
_x000D_
पछिल्ला वर्षहरुमा भने वर्षेनी १२ दिन देखाउन थालिएको छ। यो नाच सञ्चालनका लागि वर्षेनी साढे ५ लाख खर्च हुने गरेको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।