काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल परिवारसहित सोमबार म्याग्दी पुगे। सोही दिन बिहान उनले म्याग्दीका विभिन्न स्थलहरुको अवलोकन भ्रमणसमेत गरे। आज बिहान प्रचण्डले पर्वत जिल्लाको मल्लाद डाँडामा गएर म्याग्दीको सदरमुकाम बेनीको अवलोकन गरेका छन्।
_x000D_
_x000D_
त्यसैगरी उनले कालीगण्डकीले कटान गरेको बेनी बजारको तटबन्धको निरीक्षण पनि गरे। ४० मेगावाट क्षमताको निर्माणाधीन राहुघाट जलविद्युत आयोजनाको निरीक्षण पनि उनले गरे।
_x000D_
_x000D_
नेकपा अध्यक्ष दाहालले कालीगण्डकी कोरिडोरेको अवलोकन पनि गरेका थिए। म्याग्दीको सबैभन्दा ठूलो धार्मिक पर्यटकीय स्थल गलेश्वर धामको पनि अवलोकन गरे नेकपा अध्यक्ष दाहालले।
_x000D_
_x000D_

_x000D_
_x000D_
प्रचण्ड सोमबार बिहान बिहान ९:३० बजे तातोपानी कुण्डमा स्नानका लागि पुगेका थिए। अध्यक्ष दाहाल श्रीमती सीता दाहालको उपचारको सिलसिलामा तातोपानी स्नानका लागि म्याग्दी पुगेका हुन्।
_x000D_
_x000D_
प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथलगायत रोगका बिरामीलाई फाइदा पुग्ने बताइन्छ।
_x000D_
_x000D_
तीन दिन तातोपानीमा स्नान गरेपछि अध्यक्षसहितको टोली आज साँझ राजधानी फर्कनेछ। राजधानी फर्कनुअघि अध्यक्ष प्रचण्डले स्थानीय पार्टी कार्यकर्ता, उद्योग व्यवसायी र अन्त्यमा सञ्चारकर्मीहरुसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।